☰ open Loading... 27 November 2024|  

पत्रकार महासंघ शाखा सुर्खेतको अध्यक्षमा पुनः भारती निर्वाचित
  | ९ बैशाख २०७४, शनिबार ०६:३५

सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको अध्यक्षमा फेरी गणेशकञ्चन भारती निर्वाचित भएका छन् । शुक्रबार ४ बजेदेखि सुरु भएको मतदान प्रक्रियामा जम्मा १३७ मत खसेका थियो । अध्यक्ष भारतीले ७३ मत ल्याएर उनका निकटतम प्रतिद्वन्दी लक्ष्मण भण्डारीलाई १० मतको अन्तरले पराजित गरेका छन् । भण्डारीले ६३ मत ल्याएका छन् । भारती प्रेस युनियन, प्रेस सेन्टर र मिडिया नेपाल संयुक्त प्यानलका हुन भने भण्डारी प्रगतिशिल पत्रकारहरुको संयुक्त प्यालनका हुन् ।

खुल्ला उपाध्यक्षमा ललित बसेलले ७४, सचिवमा सुदिप पुरीले ७७, सह–सचिव खुलामा ललित गाहाले ८१ र समावेशीमा नन्दबहादुर गेलाङले ८० र कोषाध्यक्षमा टेकेन्द्र विश्वकर्माले ७१ मत ल्याएर निर्वाचित भएका छन् ।

प्रगतिशिल प्यानलबाट खुला उपाध्यक्ष दिपक बुढाले ६३, सचिव विनोद शाहीले ५९, सहसचिव जीवन शाहीले ५५ तथा सरस्वती गौतमले ५५ र कोषाध्यक्ष कृष्ण आचार्यले ६५ मत ल्याएर पराजित भएका छन् ।

यस्तै सदस्यहरुमा भारती प्यानलका खगेन्द्रप्रसाद अधिकारी, चिन्तमणि कंडेल, पुरुषोत्तम सापकोटा, भिमप्रसाद पौडेल र रमेशकुमार पाण्डे निर्वाचित भएका छन् । महिला सदस्यमा सविता जिसी, दलित सदस्यमा गोविन्द विक, जनजाती सदस्यमा नरजंग तामाङ र अल्पसंख्यक सदस्यमा अशोक राजी निर्वाचित भएका छन् ।  तर महिला उपाध्यक्षमा माया थापा निर्विरोध रुपमा निर्वाचित भएकी थिईन् ।

प्रदेश सभासद सर्व सर्वसम्मत
यसैबीच प्रदेश सभासदमा ४० जना सर्व सर्वसम्मत रुपमा चयन गरिएको छ । प्रगतिशिल संयुक्त व्यवसायी पत्रकार प्यानलबाट जीवनकुमार शाक्य, ललित बुढा, तेजप्रकाश जिसी, कमलराज लम्साल, डा. दीपक गौतम, लिलाधर गौतम, पृथ्वीबहादुर सिंह,खडानन्द कंडेल, चीरञ्जीवी गिरी, जगतराज उपाध्याय, कुमार ढकाल, टिकाराम आचार्य, भीमराज सुवेदी, मञ्जुर अधिकारी, मानबहादुर खड्का, देवकुमार राना, विनोद लम्साल, खिमबहादुर बुढा, गोपी अधिकारी, सुरेश आचार्य लगायत सर्वसम्मत चयन भएका छन् । यस्तै प्रेस सेन्टर र प्रेस युनियनहरुको संयुक्त प्यानलबाट प्रकाश पन्त, श्रीधर पौडेल लगायत सर्वसम्मत चयन भएका हुन ।