☰ open Loading... 29 March 2024|  

हावाहुरीका कारण एककाे मृत्यु
  | ११ बैशाख २०७४, सोमबार ०९:५९

 बैतडी । वर्षासँगै चलेको हावाहुरीका कारण अछाममा एक वृद्घाको मृत्यु भएको छ । मृत्यु हुनेमा बान्नीगढी जयगढ गाउँपालिका–३ की ५५ वर्षीया नरपता साउँद रहेकी प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए ।

आइतवार बेलुकी घर नजिकै रहेको खेतबाट फर्किरहेका बेला वर्षासँगै हावाहुरी चलेपछि ओत लाग्न नरपता रुखको फेदीमा गएपछि रुखको हाँगा भाँचिएर टाउकोमा लागी गम्भीर घाइते भएकी थिइन ।

गम्भीर घाइते नरपताको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।