☰ open Loading... 18 November 2024|  

पूर्वाधार अभावकाविचः एन्फा लिगक फुटवल प्रतियोगिता
  | १७ बैशाख २०७४, आईतवार १२:०५

सुर्खेत । प्रदेश नम्बर ६ को सम्भावित राजधानीको केन्द्रमा रहेको वीरेन्द्रनगरमा हालसम्म पनि खेलकुदका पूर्वाधारहरु बन्न सकेका छैनन् । राजनीतिक नेतृत्वले विकासको स्वर्णिम सपनाहरु बाडे पनि अन्तर्राष्ट्रियस्तरमा परिचय स्थापित गराउने खेल क्षेत्रको विकासको लागि गम्भीर हुन सकेका छैनन् । तर, पूर्वाधार अभावका विच पनि खेल क्षेत्रमा खेलाडीहरुको सहभागीता भने बढ्दो छ ।

शनिवारदेखि वीरेन्द्रनगरमा शुरु भएको जिल्लास्तरिय एन्फा लिग फुटबल प्रतियोगिताले समेत पूर्वाधार गतिलो नहुँदा पनि खेल क्षेत्रमा खेलाडीहरु हौसिएको प्रमाण पेश गरेको छ ।

सुर्खेत जिल्ला फुटवल संघको आयोजनामा शनिबारदेखि शुरु भएको जिल्लास्तरीय एन्फा लिग फुटवल प्रतियोगितामा हालसम्मकै सर्वाधिक क्लवहरुको सहभागिता छ । जिल्लाको फुटवल इतिहासमै पहिलो पटक १७ वटा स्थानीय क्लवहरुले उपाधिका लागि प्रतिस्पर्धा गर्न खेलमा सहभागीता जनाएका छन् ।

प्रतियोगितामा नया“ तथा पुराना गरी १७ वटा क्लवहरुले भाग लिएको जानकारी दिएका संघका महासचिव गणेशकुमार कार्कीले राज्यले पनि खेल क्षेत्रको विकास गर्न पूर्वाधारको विकासमा गम्भीर हुन नसक्नु दुखद् पक्ष भएको बताए । ‘सुर्खेतको एक मात्र खेल मैदान धुलाम्मे अवस्थामा छ ।

तर पनि प्रतियोगितामा खेलाडीहरुको उत्साहजन सहभागीता छ ।’ महासचिव कार्कीले भने,–‘खेल क्षेत्रको विकासको लागि बारम्बार आफूहरुले दवाव दिएपनि कुनै सुनुवाई नै भएको छैन् ।’ कार्कीले पूर्वाधारको विकास नहुनु र खेल सञ्चालन गर्न बजेट अभावले यहाँका खेलाडीहरु बाहिर पलायन भइरहेको उल्लेख गरे ।

‘केही महिनाको फरकमा यस्ता प्रतियोगिता सञ्चालन गर्न सकिन्छ’ कार्कीले थपे,–‘हामी आफैले फिल्डमा माटो भरेर प्रतियोगिता सञ्चालन गर्नु पर्ने बाध्यता रहेकाले बार्षिक प्रतियोगितामै सिमिति हुनु परेको हो ।’ वीरेन्द्रनगरको फुटवल ग्राउण्डमा चारैतर्फ पर्खाल बाहेक अरु काम भएको छैन् ।

स्थानीय क्लवहरुविच प्रतियोगिता सञ्चालन गर्न कम्तिमा दर्शक बस्ने प्याराफिट र वालमा तारवार गरेमात्रै टिकटको व्यवस्था गरेर वार्षिक हैन तीन–तीन महिनामा खेलहरु सञ्चालन गर्न सकिने तर्क खेलप्रशिक्षकहरु बताउँछन् । फुटवल खेल सञ्चालन गर्न खेलाडीहरुलाई दिइने सुविधाहरु भन्दा खेलाडीलाई केही भइहाल्छ की भन्ने जोखिममा प्रतियोगिता सञ्चालन गर्नु परेको महासचिव कार्की बताउँछन् ।

शनिबारदेखि शुरु भएको प्रतियोगिता एन्फाको बार्षिक कार्यक्रम अन्तरगत लिग फुटवल प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा सहभागी १७ वटा क्लवलाई ४ समूहमा विभाजन गरिएको छ । समूह क मा साविक विजेता साथी खोर्के (स्काई), खजुरा युवा क्लव, एवीसी युथ क्लव र न्यू जेनेरेशन स्पोटर््स क्लव छन् ।

समूह खमा व्वाईज युनियन, बुद्धपथ स्पोर्ट्स क्लव, शिरमोर युवा क्लव र जिअल क्लव छन् । यस्तै समूह ग मा बावियाचौर स्पोटर््स क्लव, का“क्रेविहार क्लव, लखन युवा क्लव र सिद्धपाइला स्पोटर््स क्लव छन् भने समूह ‘घ’ मा साविक उपविजेता वीरेन्द्रनगर स्पोटर््स क्लव, न्यू स्टार, शिवविहार पुस्तकालय, कालिमाटी समाज सुधार क्लव र सिर्जनशील युवा क्लव छन् ।