☰ open Loading... 18 November 2024|  

‘माग सम्बोधन नगरी छापामारशैलीमा तला खोलियो’
  | १७ बैशाख २०७४, आईतवार १२:४२

सुर्खेत । नेपाली काँग्रेसको पार्टी कार्यालय सुर्खेतमा लागेको ताला पार्टीका नेतृत्वपंक्तीले आइतबार फोडेको छ । ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेतृत्वपंक्तीले आफूखुसी उम्मेदवार बनाएको विरोधमा असन्तुष्ट पक्षले गत बुधबार काँग्रेस पार्टी कार्यालयमा ताला लगाएका थिए ।

यो पनि पढ्नुहोस् : नेपाली कांग्रेस सुर्खेतको पार्टी कार्यालयमा तालावन्दी

तर नेपाली काँग्रेस सुर्खेत क्षेत्र नम्बर २ का सांसद् तथा मन्त्री हृदयराम थानी, केन्द्रीय प्रतिनीधि तथा सासंद् मिन विश्वकर्मा र काँग्रेस सुर्खेत कार्यसमितिका सभापति कमलराज रेग्मीले पार्टी कार्यालयमा लगाएको ताला आइतबार फोडेका हुन् ।

माग सम्बोधन नगरी आफूखुसी ताला खोलेकोमा विरोध जनाउँदै काँग्रेसका असन्तुष्ट पक्षहरुले थप कडा रुपमा अगाडी बढ्ने तयारी गरेका छन् । लोकतान्त्रिक पद्धतीमा आस्थावन काँग्रेस पार्टी सुर्खेतका नेतृत्वपंक्तीले वडा तहबाट बहुसंख्यक कायकर्ताको सहमतिमा पठाएको सिफारिस लत्याएर टिके पर्था अपनाएको कार्यशैलीप्रति रुष्ट छन् । सांसद् तथा गरिवी निवारण मन्त्री थानी र पार्टी सभापति रेग्मीले माग सम्बोधन नगरेर छापारमारशैलीमा ताला खोलेर अगाडी बढ्नु मुर्खता भएको असुन्तष्ट पक्षको टिप्पणि छ ।

‘के कति कारणले सिफारिस भएका व्यक्ति उम्मेदवार बन्न अयोग्य भयौं’ असुन्तष्ट पक्ष एक काँग्रेस कार्यकर्ताले भने,–‘कारण नखुलाई सिफारिस लत्याउने, टिके पर्था अपनाउने र माग सम्बोन्धन नगरेर नेतृत्वपंक्तीले ठुलो भुल गरिरहेको छ ।’

सांसद् तथा गरिवी निवारण मन्त्री समेत रहेका हृदयराम थानीको पटक क्षेत्र नम्बर दुईमा आफ्नो चाकडी गर्ने नेतालाई मात्रै उम्मेदवार घोषणा गर्नु गलत भएको आरोप असन्तुष्ट पक्षको छ । पार्टी कार्यालयको ताला फोडेपछि असन्तुष्ट पक्षले विवादी वडाहरुका चुनावी प्रचार समितिको कार्यालयमा तालाबन्दी गर्ने जानकारी दिएका छन् ।

अलोकतान्त्रिक शैलीमा ताला खोल्नु नेतृत्वपंक्तीको ठुलो भुल गरेको प्रतिक्रिया दिएका उनीहरुले विवादित वडाहरुमा स्वतन्त्र उम्मेदवारी घोषणा र काँग्रेस पार्टी कार्यालयमा पुनः तालाबन्दी गर्ने बताए ।