☰ open Loading... 16 April 2024|  

एन्फा लिग फुटबल : शुक्रवारको दोस्रो खेलमा न्यू जेनेरेशन विजयी
  | २२ बैशाख २०७४, शुक्रबार २०:२२

वीरेन्द्रनगरमा जारी एन्फा लिग फुटबल प्रतियोगिताको दोश्रो चरणका लागि न्यू जेनेरेशनले आफ्नो बाटो फराकिलो बनाउँदा एबीसी युथ क्लवलाइ भने तेश्रो खेलको नतिजा कुर्नुपर्ने भएको छ ।

आज भएको लिग चरणको आफ्ना दोश्रो खेलमा न्यू जेनेरेशनले १ गोलको स्पष्ट जीतसहित ३ अंक थपेर कूल ६ अंक जोड्दै दोश्रो चरणका लागि बाटो फराकिलो बनाएको हो ।

पहिलो खेल जितेर ३ अंक पाएको एबीसीले भने अब खजुरासंग जित्नैपर्ने दबावमा खेल्नेछ । आप्mनो दोश्रो खेल जितेर सहज रुपमा दोश्रो चरण पुग्ने एबीसीको आशामा न्यू जेनेरेशनका गोलरक्षक मात्र नभइ गोलपोष्ट र क्रसबारपनि बाधक बने ।

एबीसीले शुरुवातदेखि नै गोल गर्ने सजिला र राम्रा अवसर गुमाएपनि न्यू जेनेरेशनका दिनेश शाहीले १८ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

एबीसीका गोलरक्षक पासाङ महाताराको ग्रीपबाट फुत्किएको बललाई बिना कुनै गल्ति जाली चुमाउँदै शाहीले टोलीका लागि वरदान गोल गरे । प्रतियोगिताअन्तर्गत भोलि विहान हुने लिगको चौधौं खेलमा बाबियाचौर र शिद्धपाइला तथा दिउँसो हुने लिगको पन्ध्रौं खेलमा बुद्धपथ र जीअलबीच प्रतिष्पर्धा हुनेछ ।