जुम्ला । जुम्लामा ७० प्रतिशत भन्दा बढी मत खसेको छ । मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेका अनुसार जिल्लामा शान्तिपुर्ण र उत्साहपुर्वक मतदान सम्पन्न भएको जानकारी दिए ।
जिल्लाका ७ गाउँपालिका र १ नगरपालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको उनको भनाई छ । जुम्लाका ५४ हजार ६ सय ७७ मतदाता मध्य ३८ हजार २ सय ५१ हजार भन्दा बढीले मत खसालेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिए । जुम्लाका सात गाउँपालिका र एउटा नगरपालिकाका ८७ वटा मतदान केन्द्रमा शान्त र मर्यादित वातावारणमा निर्वाचन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत न्यौपानेको भनाई छ ।
मतदान कार्य सम्पन्न भएसँगै मतपेटिका प्रत्यक गाउँपालिकाका प्रमुख निर्वाचन केन्द्रमा ल्याईसकेका छन । चन्दननाथ नगरपालिकाका १० वडामा खसेको मत पेटिका पनि मुख्य निर्वाचन अधिकृत कार्यालयमा ल्याई सकिएको छ । मत गणना आज रातीबाटै गर्ने वा भोली गर्ने विषयमा अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लामा सर्वदलि बैठक बसीरहेको छ ।