☰ open Loading... 19 November 2024|  

सुर्खेतका कुन तहका वडामा को विजयी भए ?
  | २ जेष्ठ २०७४, मंगलवार १६:१०

सुर्खेत । गत आइतबार भएको स्थानीय तह निर्वाचनको मत गणना सुर्खेतमा जारी रहेको छ । जिल्लाका ९ स्थानीय तहहरुमा यति बेला मत गणना भइरहेको छ । तर, वडा अध्यक्षको नतिजा भने सार्वजनिक भएको छ ।

करिव ७५ प्रतिशत मत खसेको सुर्खेतमा यो समाचार तयार पार्दासम्म वडा अध्यक्षमा नेपाली काँग्रेसको अग्रता कायमै छ । ९९ वडा मध्य सुर्खेतका २७ वडाको नतिजा सार्वजनिक भएको छ । २७ मध्य १२ वडामा नेपाली काँग्रेस, १० वडामा एमाले र ५ वडा माओवादी केन्द्रले जित हासिल गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका–१ को वडाध्यक्षमा विजय भएका एमालेका वडा अध्यक्ष गंगाराम सुनारसहितका सदस्यहरु अविरजात्रा गर्दै । दलित महिला सदस्य बाहेक अन्य पदमा एमालेको प्यानल विजयी भएको थियो ।

नेपाली काँग्रेसले विजयी हासिल गरेका नगरपालिकाका वडाहरु भेरीगंगामा ३, गुर्भाकोटमा २, पञ्चपुरीमा ३ र लेकवेशीमा २ वडामा विजयी भएको छ । यस्तै, गाउँपालिकाहरुमा चिंगाडमा २, बराहमा १ र चौकुनेमा १ वडामा विजयी भएको छ ।

नेकपा एमालेले नगरपालिकाहरुमा वीरेन्द्रनगरमा १, गुर्भाकोटमा २, पञ्चपुरीमा १ र लेकवेशीका २ वडामा विजयी भएको छ । गाउँपालिकाहरुमा भने सिम्ता र बराहमा १÷१ र चौकुनेका २ वडामा विजयी भएको छ ।

यता, नेकपा माओवादी केन्द्रले भेरीगंगा र लेगवेशी नगरपालिका एक एक वडामा विजयी भएको छ । गाउँपालिकाहरुमा माओवादी केन्द्रले बराहमा २ र चिंगाडको १ वडामा विजयी भएको छ ।

सुर्खेतमा नेपाली कांग्रेस र नेकपा एमाले विच कडा प्रतिस्पर्धा देखिएको छ । नेपाली काँग्रेसले भेरीगंगा र गुर्भाकोट नगरपालिका तथा चिंगाडमा अग्रता लिएको छ । तर नेकपा एमालेले चौकुने र सिम्ता गाउँपालिका तथा नगरपालिकाहरुमा वीरेन्द्रनगर, पञ्चपुरी र लेकवेशीमा अग्रता लिएको छ । तर माओवादी केन्द्रले बराहताल गाउँपालिकामा अग्रता लिएको छ ।

यी हुन अहिलेसम्म विजयी घोषणा गरिएका वडाहरु