जुम्ला । प्रदेश नं ६ मा पहिलो पटक मेयर पदमा महिला निर्वाचित भएकी छन् । जुम्ला चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार कान्तीका सेजुवाल २७ सय ७७ मत ल्याएर विजयी भएकी हुन् ।
उनका प्रतिद्वन्दी नेकपा एमालेका शान्तिलाल महतलाइ ७ सय ७१ मतको अन्तरले पछि पार्दै विजयी भएकी छन् । महतले २ हजार ६६ मत ल्याएका छन् भने माओवादी केन्द्र्रका अशोककुमार श्रेष्ठले २ हजार १५ मत ल्याएर पराजित भए ।
उपमेयरमा भने माओवादी केन्द्रका अप्सरादेवि न्यौपाने महतले २ हजार १८ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगत बहादुर खत्रीले १७ सय ७४ र एमालेका मेनका रेग्मी (चौलागाई) ले १७ सय १० मत ल्याएर पराजित भएकी छन् । ९ हजार ६ सय ७२ मतदाता रहेको चन्दनाथमा १ सय ३६ महिला र ५६ पुरुष उम्मेदवार चुनावी मैदानमा थिए ।
चन्दननाथ नगरपालिकाका १० वडाहरु मध्य ३ वडामा नेपाली कांग्रेस, ३ वडामा नेकपा एमाले, ३ वडामा माओवादी केन्द्र तथा एक वडामा स्वतन्त्र उम्मेदवार अर्जुनसिंह कठायत विजयी भएका छन् ।