सुर्खेत । स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनीधिले पद तथा गोपनियताको सपथ खाएका छन् । वीरेन्द्रनगर नगर कार्यपालिकाको प्रमुख, उप–प्रमुख, वडाध्यक्ष र सदस्यहरुले सोमबार सपथ खाएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृत कैलाशप्रसाद सुवेदीले निर्वाचित पदाधिकारीहरुलाई सपथ खुवाएका थिए । सपथपछि वीरेन्द्रनगर नगर कार्यपालिकाका प्रमुख देवकुमार सुवेदी र उप–प्रमुख मोहनमाया ढकालले पदभार ग्रहण समेत गरेका छन् । प्रमुख सुवेदी र उप–प्रमुख ढकालले क्रमश नक्सा पास तथा मुद्दामा तोक लगाएका थिए ।
पदभार ग्रहणपछि बोल्दै प्रमुख सुवेदीले अवको पाँच वर्षमा वीरेन्द्रनगरलाई स्वस्थ र सुन्दर शहरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाए । उनले आफू एक्लैको प्रयासबाट सम्भव नभएकाले यो अभियानमा साथ दिन उनले आग्रह गरे । ‘शहरको विकास लागि सवै पक्षसंग समन्वय गरेर अघि बढ्नेछु’ सुवेदीले भने,–‘प्रदेश ६ को प्रवेशद्वारा वीरेन्द्रनगरलाई साच्चै नमुनाको शहर बनाउनेमा कटिवद्ध हुनछौं ।’
उप–प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरलाई पर्यटन हवको रुपमा विकास गर्ने बताईन् । उनले वीरेन्द्रनगरको प्रमुख समस्यालाई प्रथामिकतामा राखेर विकास गर्नमा योजनावद्ध भएर लाग्ने उल्लेख गरिन् । यता, मुख्य निर्वाचन अधिकृतको कार्यालयले पहिलो चरणको निर्वाचन पश्चात् जिल्लाका ९ वटै तहमा गाउ“ तथा नगरको कार्यपालिका गठनको तयारी गरिरहेको छ । स्थानीय तह निर्वाचन ऐन तथा नियमवली अनुसार गाउ“ तथा नगर कार्यपालिकाको निर्वाचन, व्यवस्थापिकाको काम गर्ने सभा गठन गर्नुपर्ने प्रावधान छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जेठ १४ गतेदेखि गाउ“ तथा नगर कार्यपालिकाको निर्वाचन तालिका प्रकाशन गरेको छ । गाउ“पालिकाको हकमा स्थानीय तहको मतदाता नामावलीमा नाम भएका दलित, अल्पसंख्यक समुदायबाट २ र, प्रत्यक्ष निर्वाचित महिला सदस्यहरुबाट ४ जना निर्वाचित गर्नुपर्ने ऐनमा उल्लेख छ ।
त्यस्तै, नगरपालिकाको हकमा दलित, अल्पसंख्यक समुदायबाट ३ र, प्रत्यक्ष निर्वाचित महिला सदस्यहरुबाट ५ जना कार्यपालिकाको सददस्यका लागि निर्वाचित गर्नुपर्नेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको मनोनयन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन र मतदानको समय तालिका सार्वजनिक गरेको छ ।
सुर्खेतका ९ वटै तहमा २० गते कार्यपालिका सदस्यको लागि निर्वाचन ह“ुदैछ । सदरमुकाम बाहिरका ८ वटै तहमा निर्वाचन अधिकृतको कार्यालयले गा“उ÷नगर कार्यपालिकाको निर्वाचनको तयारी गरिरहेको मुख्य निर्वाचन अधिकृत कैलाशप्रसाद सुवेदीले जानकारी दिए ।
यतिबेला निर्वाचित जनप्रतिधिनिधिहरु सपथ लिन, मतदातालाई धन्यवाद दिन तथा सम्मान बधाई ग्रहण गर्न व्यस्त छन् । अन्तिम मत परिणाम सार्वजनिक भएको तीन दिनभित्र जनप्रतिनिधिलाई सपथग्रहण खुवाउनुपर्ने कानुनी प्रावधान छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख÷उप–प्रमुखसहितका निर्वाचित जनप्रतिनिधिले सोमबार सपथ लिए ।
सपथ लिइसकेका जनप्रतिनिधि भने मतदातालाई धन्यवाद दिन गाउ“÷टोलसम्म पुग्ने गरेका छन् । लेकवेशी नगरपालिकाका प्रमुख गगनसिं सुनारले सपथ लिएपनि पदभार ग्रहण गरिनसकेको बताए । ‘कार्यालय पनि व्यवस्थापन हु“दैछ । टोल–टोलमा आएर बधाई ग्रहण गरिदिनुप¥यो भन्ने मतदाताको आग्रह छ’ नवनिर्वाचित नगरप्रमुख सुनारले भने, ‘पार्टीका साथीहरुले आ–आफनो वडामा आएर आम मतदातालाई धन्यवाद दिनुप¥यो भन्नुहुन्छ । त्यतै व्यस्त हुन्छु ।’ वीरेन्द्रनगरका नगरप्रमुख देवकुमार सुवेदी र उप–प्रमुख मोहनमाया ढकाल पनि वडा–वडामा पुगेर मतदातालाई धन्यवाद दिन व्यस्त छन् ।