दैलेख । महावु गाँउपालिकाको दुर्गम गाँउ काँशीकाँधका लोकबहादुर शाहीले पहिलो पटक जिल्लामै कागजबाट विभिन्न प्रकारका सामाग्री बनाउन सिके । डुंगेश्वर गाँउपालिका बेलपाटाका कलम खड्काले कागजबाटै आर्कषण सामाग्री बनाएपछि दंग परे । कहिल्यै कागजबाट यस्तो सामाग्री बन्ला भनेर सोचेका पनि थिएनन् ।
तर, उनै खड्काले आफै सामाग्री बनाउँन सिकेका छन् । द्धन्द्धप्रभावित क्षेत्रका उद्यमीहरुलाई नयाँ कागज लगायत अन्य सामाग्रीबाट बजारमा विक्रि हुने बस्तुहरु उत्पादन गर्न सिकाईएको हो ।
खेर गईरहेका कागजको प्रयोग गर्ने विधि नोट बुक, विजुली बक्स, कपी, कोठामा झुण्ड्याउने आर्कषण बुटटाहरु तथा अल्लोबाट बन्ने परिकारहरु, राडीपाखी, ढाका आदिबाट बनाउन सिके । लोकबहादुर र कमलले मात्र होईन् बजारमा विक्रि हुने चिटिक्क परेका सामाग्री बनाउन दैलेखका द्वन्द्वपिडित तथा प्रभावित क्षेत्रका १६ जनाले सिप सिके ।
उनीहरुले द्वन्द्वप्रभावितहरुका लागि बजार परियोजनाबाट विभिन्न नेपाली लोक्ता कागज उत्पादन समुहका सदस्यहरुले तालिममा सहभागी थिए । गरिवी निवारण कोषको सहयोगमा तालिमकर्ता सत्यलाल श्रेष्ठ र जिल्ला ईकाई कार्यन्वय कार्यप्रवन्धक सुरज राईले सहजीकरण गरेका थिए । तालिममा ८ गाविसबाट ५० थरिका सामाग्री बनाउन सिकाईएको थियो ।