☰ open Loading... 13 February 2025|  

छाउपडी अन्त्यका लागि कार्ययोजना बनाइदै
  | १३ जेष्ठ २०७४, शनिबार २१:२२

जुम्ला । जुम्लामा छाउपडी प्रथा अन्त्यका लागि जिल्ला स्तरीय पञ्च वर्षिय कार्ययोजना तयार थालिएको छ । जिल्लामा अझैपनि छाउपडी प्रथा रहेको भन्दै न्युनिकरणका लागि यो रणनीतिक योजना तयार गरिन लागिएको हो ।

जिल्ला स्थित सम्पुर्ण सरोकारवाला निकायहरुको सहभागितामा कार्ययोजना सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम जुम्लामा जारी छ । महिला तथा बालबालबालिकाको कार्यालय जुम्लाको आयोजनामा स्थानिय तह कार्यान्वयन पश्चात छाउ प्रथालाई न्युनिकरण गर्न कार्ययोजना तयारी गर्न लगिएको हो ।

दुई दिनसम्म सञ्चालन हुने अभिमुखिकरणले छाउ प्रथा न्युनिकरणका लागि ५ वर्ष सम्म गरिने क्रियाकलपा, त्यसका नतिजा, कार्यसम्पादका सुचकहरु, समयअबधि, क्रियाकलाप संचालन गर्दा मुख्य जिम्मेवार निकाय को हुने भन्ने लगायततका विभिन्न विषयमा व्यापक छलफल गर्ने महिला तथा बालबालिकाको कार्यालय जुम्लाका प्रमुख गोेमा प्रसाईले जानकारी दिइन् । जिल्लामा हाल ८० प्रतिशत महिला महिनावरी भएको बेला छाउगोठमा बस्नु पर्ने बाध्यता रहेको अध्ययनले देखाएको छ ।