☰ open Loading... 17 November 2024|  

मर्यादाक्रम मिचिदा…
  | १५ जेष्ठ २०७४, सोमबार १७:२१

दैलेख : दैलेखमा १० औं गणतन्त्र दिवशमा प्रमुख अतिथिमा मर्यादाक्रम मिचिएको छ । को बन्ने प्रमुख अथिति ? सवैको साचो रहेको छ । नेपाल सरकारले जारी गरेको मर्यादाक्रममा २३ औं स्थानमा रहेका प्रमुख जिल्ला अधिकारी प्रमुख अतिथि भए तर, १९ औं स्थानमा रहेका मेयर विशेष अतिथि बनाईएर कार्यक्रम सकियो ।

किन मेयरले राख्न सकेनन् आफ्नो मर्यादाक्रम ? सवैको चाँसो विषय बनेको छ । एउटै स्थानमा रहेपनि जननिर्वाचित प्रतिनिधि निजामती कर्मचारी भन्दा अघि हुन्छ । तर, २३ औ स्थानमा रहेको प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद दुलाल गणतन्त्र दिवशमा प्रमुख अतिथिका रुपमा आसनग्रहण गर्दा जननिर्वाचित नारायण नगरपालिकाका रत्नबहादुर खड्का कुनै प्रतिक्रिया नै नदिएर विशेष अतिथि भएर बसे । नयाँ मर्यादाक्रम नआउँदा पुरानै कार्यान्वय हुने गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालय प्रवक्ता बालकृष्ण पन्थीका अनुसार मर्यादाक्रममा प्रमुख जिल्ला अधिकारी भनेर छुट्टै ब्यवस्था नगरिएको अवस्थामा कानुनमा जे देखीएको छ, सोही अनुसार लागु हुने बताउँछन् । नयाँ ब्यवस्था अनुसार मर्यादाक्रम छिटै शसोधन हुन्छ । प्रवक्ता पन्थीले भने, अहिलेलार्इृ कानुनमा तोकिएअनुसार नै ब्यवस्था हुन्छ । नयाँ शसोधन नभएको अवस्थामा मेयर १९ औै स्थानमा छन् ।