दाङ । डा. गोविन्द केसीले सोमबारदेखि दाङमा गर्ने भनिएको सत्याग्रह चार दिनका लागि स्थगित भएको छ । केसीले राखेका विभिन्न मागहरु मध्य राप्तीको घोराहीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने माग अगाडी बढेसंगै उनले नागरिकहरुको आग्रहमा सत्याग्रह शुक्रबारसम्म स्थगित गरेका हुन् ।
सोमबारको मन्त्रीपरिषदको सामाजिक समितिले राप्तीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने अवधारणा पारित गरेर मन्त्री परिषदमा पठाउने निर्णय गरेको छ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले अबको एक महिना भित्रमा सबै विधी र प्रक्रिया पुरा गरेर केसीको माग पुरा गर्ने प्रतिवद्धता जनाएको नेकपा माओवादी केन्द्रका जीवन गौतमले जानकारी दिए ।
मन्त्री थापाको प्रतिवद्धता आएपनी केसीले नेताहरुले धोका दिएको बताएका छन् । उनले दंगाली नागरीकहरुले देखाएको सदभाव र आग्रहको कदर गर्दै जेठ १९ गते शुक्रबार सम्मका लागि सत्याग्रह हाललाइ स्थगित गरेको बताए ।
प्रधानमन्त्री शुशीला कार्कीमाथी लगाइएको महाअभियोग फिर्ता, स्वास्थ्य ऐन निर्माण गरेर पारित गर्नु पर्ने लगायतका माग पुरा नभए काठमाडौं गएर भएपनी अनसन बस्ने जानकारी दिए । तर सरकारले सोमबार मात्रै प्रधानन्यायधीस सुशीला कार्कीलाई लगाएको महाअभियोग फिर्ता लिएको छ ।