| १७ जेष्ठ २०७४, बुधबार १३:०८
नेपालगन्ज । दोस्रो चरणको निर्वाचनका लागि सबै निर्वाचन अधिकृतको कार्यालय बाँके जिल्लामा सञ्चालनमा आएका छन् । मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलका अनुसार निर्वाचनसँग सम्बन्धित जिल्लाका संरचनालाई समेट्ने गरी सात स्थानमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइएको हो ।
यस जिल्लाका कुल २९५ मतदान केन्द्रलाई लक्षित गरी निर्वाचन कार्यालय खोलिएको पनि बताए । बाँके जिल्लाका लागि नगर विकास समिति नेपालगन्जको भवनमा मुुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालन गरिएको छ ।
यसैबीच, क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जको आयोजनामा जिल्ला समन्वय समिति बाँकेको कार्यालयका जिल्लास्तरीय नमुना मतदान र अन्तरक्रिया गरिएको छ ।