☰ open Loading... 14 March 2025|  

अनेरास्वयुको सुर्खेत संयोजकमा धुपेन्द्र शाही चयन
  | ७ असार २०७४, बुधबार २२:४०

सुर्खेत । एमाले निकट विद्यार्थी संगठन अनेरास्वयु जिल्ला कमिटी सुर्खेतको २० औं जिल्ला सम्मेलन सम्पन्न गर्न धुपेन्द्र शाहीको संयोजकमा कमिटी गठन गरिएको छ ।

बुधबार सम्पन्न अनेरास्ववियुको पा“चौ पूर्ण बैठकले जिल्ला संयोजकमा शाहीको संयोजकमा १५ सदस्यीय कमिटी गठन गरेको हो ।

जिल्ला सम्मेलनको सदस्यमा धनिराम आचार्य, खड्क थापा, ध्रुव खत्री, लोक बहादुर खत्री, रमेश शर्मा, गोविन्द बम ठकुरी, धर्मराज भट्टाराई, विवेचना खनाल, झरना थापा मगर, विष्णु महतरा, भविराम वि.क., धर्मराज न्यौपाने, खिम नेपाली र सिता एरी सदस्य छन् ।

कमिटीले उपयुक्त समय हेरेर सम्मेलन सम्पन्न गर्ने जिम्मेवारी पाएको छ ।