☰ open Loading... 17 November 2024|  

समाचार टिप्पणी : रजिष्ट्रारको ‘काउण्टर अट्याक’
  | १० असार २०७४, शनिबार १०:२८

समाचार टिप्पणी

सुर्खेत । कांग्रेस सुर्खेत सभापति कमलराज रेग्मीले नेकपा माओवादी केन्द्र र केही स–साना राजनीतिक दलहरुलाई लिएर विश्वविद्यालयको काम कारवाही विरुद्ध विज्ञप्ती जारी गरेको केही दिन भित्रै नेपाली कांग्रेस सुर्खेतका निर्वाचित सचिव टोवबहादुर रावतले आफ्नै पार्टी सभापतिका विरुद्ध शुक्रबार विज्ञप्ती जारी गर्दै गम्भीर असहमति व्यक्त गरेका छन् ।

यसका साथै गत वर्ष भएको भएको निर्वाचनमा झिनो मतले सभापतिमा पराजित यज्ञबहादुर विसीले समेत सभापति रेग्मीको काम कारवाही सन्तोषपूर्ण नभएको भन्दै मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले सह्रानिय काम गरिरहेकोमा विश्वविद्यलाय र यसका पदाधिकारीहरुको अपमान गर्ने, राम्रा काम हुन नदिने जस्तो मनसायबाट प्रेरित सभापति ज्यूको कार्यप्रति गम्भीर आपत्ती रहेको विज्ञप्तीमा उल्लेख छ ।

कसरी भयो विवाद ?

रजिष्ट्रार महेन्द्रकुमार मल्ल हालका दिनमा पूर्व गृहमन्त्री तथा सुर्खेत क्षेत्र नम्बर एकका सांसद् पूर्णबहादुर खड्का समर्थक भनेर चिनिएका छन् । उपकुलपति पदमलाल देवकोटा लगायतको टिमलाई अख्तियारले निलम्वनमा पारेपछि शिक्षा क्याम्पस सुर्खेतमा क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्दै गरेका चतुर व्यक्तित्व मल्ल हृदयराम थानीको कोटाबाट तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाको निगाहमा रजिष्ट्रार बनेका थिए ।

यसपछि उनले जिल्लाको राजनीति र केन्द्रमा शुशिल कोइरालाको निधन र त्यसपछि नेपाली राजनीतिमा देउवाको उदय आदि कुराको विश्लेषण गर्दै खड्का नजिक पुगेका थिए । पहिलो कार्यकाल समाप्त भएपछि दोस्रो कार्यकालका लागि समेत हालका उपकुलपति प्रा.डा. डा. उपेन्द्रकुमार कोइरालालाई प्रभावमा पारी दोस्रो कार्यकाल लागि समेत रजिष्ट्रारमा नियुक्त भए । यसका लागि उनले सांसद् खड्कामार्फत गोट्टी चालेका थिए । सुर्खेतका एमाले आफ्नो पार्टीको व्यक्तिलाई रजिष्ट्रारमा ल्याउन जिल्ला हुँदै केन्द्रसम्म लविङ्गमा रहे ।

तर उपकुलपछि कोइराला मल्लको समर्थनमा रहेको र उनको एमाले उच्च राजनीतिक तहमा प्रभाव भएकोले उपकुलपतिकै योजना बामोजिम तत्कालिन प्रधानमन्त्री केपी ओली सरकारको अन्तिम क्याविनेट बैठकबाट चार वर्षे कार्यकालका लागि रजिष्ट्रार पदमा नियुक्त गरिए ।

कांग्रेसमा ब्यालेन्समा राखेर आफू उपकुलपति पदमा सफल हुने योजना बमोजिम डा. मल्ललाई रजिष्ट्ररमा नियुक्त गर्न सहयोग गरेका कोइराला कांग्रेस सुर्खेत सचिवको आजको विज्ञप्तीबाट आफू सफल भएको खुसीयाली मनाउँदै होलान् । थानी पक्ष आफूले रोपेको विउ अर्कोको वारीमा लटरम्म फलेको र अर्कैले उपभोग गरिरहेको महशुस गर्दै आफ्नो पुरानो निर्णयप्रति ग्लानी महशुस गरिरहेका होलान् ।

सुर्खेतको संस्थापन एमाले ‘चिलाइ न कन्याई’ को अवस्थामा र अर्को पक्ष थानी पक्षलाई थोरै मात्र भएपनि खिस्सी गर्न पाएकोमा आनन्दित होला । वर्षाको खहरे झैँ छिनछिनमा परिवर्तन हुने माओवादी केन्द्रको रणनीति कहिले उर्लदो त कहिले चप¥याक–चुपरुक्क हुँदै ठूला दुई पार्टीको विश्वविद्यालय भित्रको लडाइलाई स्पेनको साँढे जुधाइको दर्शकझैँ दर्शक दिर्घाबाट आनन्दीत भइरहेका होलान् ।

अन्य साना मसिना पार्टीहरु कता पट्टी विज्ञप्ती जारी हुन्छ र आफ्नो नाम लेखाउन पाइन्छ भन्दै फोनको प्रतिक्षामा रहकै होलान, तर मध्यपश्चिम विद्यालय स्थापनाका लागि आफ्नो सम्पत्ती दान गरेका व्यक्तिहरु, राज्यसंग वर्षौ लडाइ गरी विश्वविद्यालय प्राप्त गरेका आम स्थानीय नागरिकहरु विश्वविद्यालय भित्रको हालको राजनीति र यसले शिक्षा क्षेत्रमा पारेको असर बारे चिन्तित रहेका देखिन्छन् ।

‘पार्टीका आम नेता कार्यकर्ता, समर्थक, शुभेच्छुकहरुको भावनामा चोट पुग्ने गरी मनोमानी ढंगबाट पार्टीमा छलफल नै नगरी व्यक्तिगत रुपले यस्ता कार्य गर्नु अनुचित छ,’ भनिएको छ । विज्ञप्तीमा लोकतान्त्रिक मूल्य मान्यता अनुसार विधिसम्बन्धबाट अघि बढ्न र आम नेपाली कांग्रेस र जन भावनको सम्बोधन गर्न सम्वन्धीत व्यक्तिहरु समक्ष अनुरोध गर्दै मध्यपश्चिम विश्वविद्यालयलाई सफल पार्न नेपाली कांग्रेस सुर्खेत परिवार लागि पर्ने समेत अनुरोध गरेका छन् ।

यसैगरी, सचिव रावतद्वारा जारी विज्ञप्तीमा जिल्ला सभापति रेग्मीको मनोमानी क्रियाकलाप प्रति गम्भीर ध्यानाकषर्ण भएको भन्दै आम ठूलो योगदान र चाहानाबाट स्थापित यस विश्वविद्यालयले उच्च शिक्षा प्रदान गर्ने कार्यमा उल्लेखनीय सफलता प्राप्त गरिरहेको परिप्रेच्छमा पार्टीका नाममा एकलौटी र अनाधिकारीक रुपमा पार्टीमा छलफल नगरि, अरु पार्टीसंग मिलि, विज्ञप्ती निकाल्ने जस्तो काम गरिनु आपत्तिजनक छ’ विज्ञप्तीमा भनिएको छ,–‘कार्यसमितिमा कुनै छलफल नै नगरी अन्य पार्टीसंग गठजोड गरी व्यक्तिगत रुपमा विज्ञप्ती प्रकाशीत गर्नु अशोभनिय र निन्दनिय कुरा हो, यस्ता कार्य तत्काल वन्द गर्न र प्रकाशित विज्ञप्ती तत्काल फिर्ता लिन सम्वन्धीत पक्षसंग आग्रह गर्दै पार्टीका नियमित वैठक र कामको विभाजन गरी अघि बढ्न र यसो नगरिए सोको जिम्मेवारी सभापतिले नै लिनुपर्नेछ ।’

(लेखक सिद्धदर्शन दैनिकका सम्पादक हुन् ।)