जुम्ला । तातोपानी गाउँपालिका २ नम्बर वडामा लक्षित वर्गको लागि छुइट्याइर्एको बजेट प्रतिक्षाल निमार्णमा खर्च भएको छ । दलित, एक महिला, अपांग, बालबालिकाहरुको शसक्तिकरणको लागि आएको बजेट दुरुपयोग भएको भन्दै लक्षित गुनासो गरेका छन ।
लक्षित वर्गको लागि २ नम्बर वडामा आएको जम्मा १ लाख ६५ हजार रुपैया उनिहरुकोे क्षामता विकास तथा शसक्तिकरणमा खर्च नभई प्रतिक्षालय निमार्णमा खर्च भएको २ नम्बर वडा निवासी एकल महिला जिरा दमाईले बताईन । उनले भनिन बुढापाखा तथा बालबालिकाको लागि आएको बजेट गाउँको प्रतिक्षालय निमार्णमा खर्च गरे, आफु जस्तै एकल महिला तथा बालबालिकाको आफ्नै शसक्तिकरणको लागि आएको बजेट बाट बन्चित भएको बताईन ।
राजनितिक दलहरुका प्रतिनिधिहरुको अगुवाईमा निमार्ण समिति गठन गरी लक्षित वर्गको रकम भौतिक संरचना निमार्ण कार्यमा धमाधम खर्च भईरहेको तातोपानी गाउँपालिका २ का स्थानिय हस्त बुढाले बताए । अघि लागी हाली मुहाली गर्नेहरुले असारे विकासको रन्कोमा लक्षित वर्गको लागि आएको बजेट पनि विकास निमार्णमा प्रयोग गरेको स्थानिय तेजेन्द्र बहादुर रावलले बताए ।
उनका अनुसार जुन प्रयोजनका लागि बजेट निकासा भएको सोहि शिर्षकमा खर्च हुनु पर्ने हो । तर यहाँ त्यसो नभई केहि व्यक्तिका कारण लक्षित वर्गको रकम दुरुपयोग भएको रावलको भनाई छ ।
कुन शिर्षकको बजेट कहाँ कति खर्च भए नभएको विषयमा नियमन गर्ने निकाय जिल्ला समन्वय समिति तथा स्थानिय विकास अधिकारी हरिनायरण बेल्वासे असारे विकासको अनुमगन तथा भत्ता ओर्साने दाउमा बेस्थ भएपछि आफुहरु उपेक्षामा परेको लक्षित वर्गहरुको गुनासो छ ।
तातोपानीे गाउँपालिका २ नम्बर वडाको एक उदाहरण मात्र भएपनि जुम्लाका विभिन्न स्थानमा लक्षित वर्गको रकम गाउँको बाटो, धारा, चौतारा जस्ता क्षेत्रको निमार्णमा खर्च भईरहेको छ ।