☰ open Loading... 17 November 2024|  

चुनावमा धोका दिनेलाई कारवाही गर्न कांग्रेसले बनायो समिति
  | १० असार २०७४, शनिबार १९:१४

जाजरकोट । नेपाली कांग्रेस जाजरकोटले चुनावमा धोका दिने नेता तथा कार्यक्रतालाई कारवाही गर्न एक समिति गठन गरेको छ । शनिवार यहाँको सदरमुकाममा वसेको जिल्ला कार्यसमितिको वैठले खड्क विसीको संयोजकत्वमा तीन सदिस्यीय समिति गठन गरेको हो ।

सोचेको भन्दा फरक परिनाम आएको भन्दै धोका दिने नेता तथा कार्यक्रतालाई कारवाही गर्न छानमिन समिति गठन गरिएको हो । छानमिन समितिको सदस्यामा महेन्द्र शाह, कालीवहादुर खत्री छन् । यो समितिले सावन १० गते भित्र चुनावमा धोका दिने नेता,कार्यक्रताको पत्ता लगाई कारवाहीका लागि सिफारिस सहितको प्रतिवेदन जिल्ला पाटीलाई वुझाउने संयोजक खडक विसीले वताए ।

चर्को रकम असुलेर पाटीको उम्मेदवारलाई धोका दिएको , पाटी भित्र दुई लाईन संर्घष निर्माण गरि गुट उपगुट वनाएको लगाएका कुराहरु वैठकमा उठेका थिए । फरक पाटीमा रहेका दाजु भाईलाई सहयोग गरि आफ्नो आस्थाको पाटीलाई पुरै असहयोग गरेको लगाएतका कुरा वैठकमा उठेको थियो ।

यता टिकट विरणमा समेत भेदभाव भएको भन्दै चुनावको समयमा केही नेता कार्यक्रताले पाटीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको असन्टुष्टले वताएका छन् ।

छेडागाड नगरपालिका, शिवालय गाउँपालिका लगाएतका ठाउँमा कांग्रेसले धोका खाएको वताउदै आएका छन् । जीत सुनिश्चित भईसकेको अवस्थामा पाटी भित्रका रुष्ट नेताहरुको कारण चुनाव हारिएको काग्रेसका पराजित उम्मेदवारले आरोप लगाउँदै आएका छन् ।