☰ open Loading... 17 November 2024|  

स्थानीय उत्पादनको नमूना प्रर्दशनी
  | १२ असार २०७४, सोमबार १०:१८

सुर्खेत । स्थानीय स्तरमा उत्पादन गरिएका बस्तुहरुको बजारीकरणका लागि नमुना प्रदर्शनी गरिएको छ । गरीवि निवारण कोषको कार्यक्रम सञ्चालन गर्दै सेवा प्रदायक संस्थाहरुको संयुक्त आयोजनामा आईतबार वीरेन्द्रनगरको घण्टाघरमा प्रदर्शनी भएको हो । कार्यक्रममा जिल्लाका विभिन्न सामुदायिक संस्थामा आवद्ध उद्यमीहरुले उत्पादन गरिएको बस्तुहरुलाई प्रर्दशनीमा राखिएको थियो ।


उद्यमीहरुले उत्पादन गर्ने, बजार नपाउने भएकाले नमुना प्रर्दशनी गरिएको बताइएको छ । प्रर्दशनीमा विभिन्न सामुदायिक संंस्थाहरुबाट उत्पादन गरिएका विभिन्न बस्तुहरु अवलोकनका लागि राखिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी अमृत लम्सालले स्थानीय स्रोत साधनको प्रयोग गरी स्थानीय स्तरमा नै स्वरोजगारका अवसरहरु सृजना गर्न तर्फ सबैले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले स्थानीयले उत्पादन गरेको बस्तुलाई बढवा दिन सके आम्दानीको भरपर्दाे स्रोत बन्ने बताए । स्थानीय उत्पादन गुणस्तरीय हुने भन्दै उनले बजारीकरणका लागि सबैले पहल गर्नुपर्ने उनको भनाई थियो ।

जिल्लामा राम्रो काम गर्ने सामुदायिक संस्था र व्यक्तिलाई सम्मान गरिएको छ । पाँच लाखको घंैटो कार्यक्रमलाई ५ लाख बराबरको श्रमदान गरी विकास निर्माणमा सक्रियता देखाएको भन्दै श्रृजना सामुदायिक संस्था बराहताल गाउँपालिका–१० लेखगाउँलाई सम्मान गरिएको छ ।

यस्तै, चौकुने गाउँपालिकाको सान्नेघारी सामुदायिक संस्था र भेरीगंगा नगरपालिका–१ केराबारी सामुदायिक संस्थालाई सम्मान गरिएको हो । सफल उद्यमीमा चिंङ्गाड गाउँपालिका–६ पाम्काका दिपा बुढा र लेखबेशी नगरपालिका–९ का चित्रामाया पुन पनि सम्मानीत भएकी छन् । सम्मानीय हुने संस्था र व्यक्तिलाई नगद क्रमश १५ हजार र १२ हजार रुपैयाँ वितरण गरिएको छ ।

जिल्लामा समाज जागरण केन्द्र (स्याक), सिमान्तकृत महिलाका लागि महिला संस्था (वाम), कोडेडलगायतका संस्थाहरुले जिल्लामा गरीवि निवारण कार्यक्रम मार्फत बेरोजगार युवा–युवतिहरुलाई उद्यमी बनाउँदै आएका छन् ।

कार्यक्रममा समाज जागरण केन्द्र (स्याक) का कार्यकारी निर्देशक टिकाराम आचार्य, सिमान्तकृत महिलाका लागि महिला संस्था –वाम) का कार्यकारी निर्देशक मधुरानी ढकाल, नेपाली काँग्रेसका कोषाध्यक्ष अनन्त पौडेल, एमाले जिल्ला अध्यक्ष धुव्रकुमार शाहीलगायतको उपस्थिती थियो ।