मर्मत रकम अभावले एम्बुलेस थन्किएपछि सेवाग्राही मर्कामा
जुम्ला । कनकासुन्दरी गाउँपालिकाको मालिकोबोता स्वास्थ्य चौकीको एम्बुलेन्स मर्मत रकमको अभावले सदरमुकामा थन्कीएको वर्षौ भयो । मध्यपश्चिम यातायातको गाडीले ठक्करदिँदा विग्रेर एम्बुलेन्स संचालनमा नआएपछि थन्कीएको हो । अन्य कामको लागि रकम फालाफल हुने भन्दै जाबो एम्बुलेन्स मर्मतको लागि रकम अभाव भन्नु आमनागरिको स्वास्थ्य माथि अहमताको प्रहार गरेको स्थानियको भनाई छ ।
ठक्कर दिएर बिग्रिएकै निउमा रेडक्रसको परिसरमा वर्षौदेखि एम्बुलेन्स थन्कीएपछि कनकासुन्दरी गाउँपालिका २ का सेवाग्राहि मर्कामा परेका छन । सदरमुकाम देखि झण्डै १५ कोष टाढा रहेको मालिकोबोता गाउँमा अहिले विरामी पर्दा निकै समस्या भएको छ ।
मालिकोबोता गाउँका स्थानिय दिल बहादुर रावतले भने,-‘अहिले गाउँमा कोही विरामी पर्दा सुत्केरी हुदा लगायतका समस्या हुदा कि बस कुर्न पर्ने कति डोकोमा बोकेर लैजानु पर्ने बाध्यता छ ।’ हरेक विकासका दृष्टिले उपेक्षा रहेका मालिकोबोताबासी एम्बुलेन्स सेवाबाट वर्षौदेखि बन्चित हुदा पनि सम्बन्धीत निकायको ध्यान नजानु जनताको स्वास्थ्य मथि खेलबाड भएको गुनासो उनकाे छ ।
मालिकाबोताका झण्डै २ सय भन्दा बढि घरधुरी त एम्बुलेन्स सेवाबाट प्रभावित छन नै अर्कोतिर सिंगो सिंजा क्षेत्रका स्थानीयलाई विरामी पर्दा अहिले सास्ती भोग्नु परेको सिंसा बड्की स्थानिय जिपराज शाहिले बताए । उनले भने सामान्य आयस्तर हुनेहरु स्वास्थ्य सेवा नपाएरै मर्नु बाहेकको विकल्प छैन ।
२०७० सालमा सिंजा क्षेत्रका नागरिकलाई सेवा दिने उदेश्यले ल्याइएकाे एम्बुलेन्स बिग्रीएको भन्दै थन्काएपछि स्थानियलाई बिरामी पर्दा कर्णाली स्वास्थ्य विज्ञानसम्म पुगी उपचार पाउनु सपना जस्तै भएको कनकासुन्दरी गाँउपालीका २ का महिला स्वास्थ्य स्वयम सेविका रुगु शाहिले बताईन । एम्बुलेन्स संचालनमा नआउदा महिलाहरु घरमै सुत्केरी हुन बाध्य रहेको समेत उनकाे भनाइ छ ।
मालिकाबोता स्वास्थ्य चौकी ईन्र्चाज नन्दलाल रावतले २०७० साल वैशाख २८ गते कालिकोट जिल्लाको राँचुलीमा विरामी पु¥याउन गएको एम्बुलेन्स फर्किने क्रममा जुम्लाबाट गएको बसले ठक्करदिएकोे बताए ।
क्षतिपुर्तिको लागि कालिकोट प्रशासन र जुम्ला प्रशासनमा ध्यानाकर्षण गराउदा सुनुवाई नभएको उनले गुनासो गरे । कनकासुन्दरी गाउँपालिका २ नम्बर वडाका निर्वाचित वडा शेरवहादुर रावतले अबको केहि दिनमा एम्बुलेन्स संचालनका लागि पहलगरिने प्रतिबद्धता गरेका छन् ।