☰ open Loading... 20 September 2024|  

मोडलिङमा भविष्य खोज्दै नविन
  | १२ असार २०७४, सोमबार ११:१४

सुर्खेत । सुर्खेती मोडल नविन वलीका एकपछि अर्को गर्दै धमाधम म्युजिक भिडियो सार्वजनिक भइरहेका छन् । छोटो समयमै आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका वलीले पछिल्लो पटक लोकदोहोरी गीत ‘थला परेको…’को म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

सुपारी म्युजिक प्रालिले बजारमा ल्याएको उक्त म्युजिक भिडियो प्रालिले आफ्नो युटुब च्यानमार्फत सार्वजनिक गरेको छ । भिडियोमा मोडल नविन ओलीसँगै अर्की कलाकार पुष्पाञ्जलीले पनि अभिनय गरेकी छिन् । वलीको यो छैटौं म्युजिक भडियो हो भने पुष्पाञ्जलीको पहिलो ।

युवराज बास्तोला र कृष्ण सन्जिलको शब्द संकलन रहेको उक्त गीतमा राजेन्द्र कंडेल, युवराज वास्तोला र सुमित्रा विश्वकर्माको स्वर रहेको छ । सुर्खेतकै पत्रकार एवम् कलाकार अकवर खानले निर्देशन गरेको भिडियोको पोस्ट प्रोडक्सन भने काँक्रेविहार मुभि हाउसले गरेको हो ।

वलीले यसअघि नवराज शर्माको ‘आउनु है मायालु’, खेमराज वलीको ‘सुटुक्क आउनु है माया’, पुष्कल शर्माको ‘मलाई धोका दिएर’ लगायतका गीतको म्यजिक भिडियोमा अभियन गरिसकेका छन् ।

सशस्त्र प्रहरीमा जागिर वली सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ८ निवासी हुन् । सानैदेखि अभिनयमा रुचि भएका उनी जागिर सँगसँगै अभिनयको क्षेत्रमा पनि अघि बढ्ने योजनामा रहेको बताउँछन् । अभिनयमार्फत नेपाली गीत संगितको क्षेत्रमा सुर्खेतको परिचयलाई अझा उचाइमा पुर्याउन आफू लागिपर्ने उनले बताए ।