☰ open Loading... 17 November 2024|  

कहिले होला सुर्खेत तुइन मुक्त ?
  | १४ असार २०७४, बुधबार १२:४४

फायल तस्वीर

सुर्खेतका गुटु र विद्यापुर स्थानीयहरुको नदिमा आवत–जावत गर्ने एक मात्र माध्यम थियो तुईन । तुईनको जोखिमपूर्ण यात्रा गर्दा स्थानीयमा संधै सन्त्रास हुने गरेको थियो । तुइनकै माध्यमबाट दैनिक उपभोग्य सामाग्री ओसार–पसार गर्ने, विरामी हुँदा उपचारका लागि त्यहीबाट आवत–जावत गर्ने गरिएको छ । स्थानीयहरुले भने गाउको कोही व्यक्ति रातीमा विरामी हुँदा पनि अस्पताल लिन सक्ने अवस्था थिएन । नदिको उर्लदो भेलमा तर्न कठिनाई हुन्थ्यो उनीहरुले दुखसो पोखे । विरामी हुँदा कुनै व्यक्तिले नदी वारपार गर्नका लागि बाँसको लाफ्कामार्फत सहायता लिनु पथ्र्याे उनीहरुले जानकारी दिए ।

हाल यी स्थानहरुमा झोलुङ्गे पुल निर्माण भएको छ । तुईन विस्थापित भएर झोलुङ्गे पुल सञ्चालन भएपछि त्यहाँका स्थानीयहरु खुसी भएका छन् । पुल निर्माण हँुदा आफन्तजन भेटघाटदेखी दैनिक उपभोग्य सामाग्री ढुगानीमा सहज भएको उनीहरुले बताए । यस्तै काफ्रिचौरका र सल्यानका नागरिकहरुलाई पनि वर्षातमा भेरी नदिको उर्लदो भेलमा तुईनमा कठिनाई यात्रा गर्न बाध्य थिए । गुटु र विद्यापुर जोड्ने, बावियाचौर–७ र बाबियाचौर–३ जाड्ने डाबखोला डाब झोलुङ्गे पुल, पोखरीकाँडा–३ र पोखरीकाँडा–३ जोड्ने चौरखोला झारखेत ट्रस झोलुङ्गे पुल काम सम्पन्न भएको छ ।

एमाले सरकारले तुईन विस्थाति गर्ने घोषणा गरे संगै त्यहाँ रैकरमा पुल निर्माण भयो । हाल उनीहरुको आवत–जावत गर्न सहज भएको उनीहरु बताउँछन । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीले पदभार ग्रहण गर्दा पहिलो निर्णय नेपालबाट सबै तुईन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने निर्णय गरेका थिए । एमालेले गतवर्ष सरकारमा रहदा देशैभरी तुईन विस्थापित गर्ने निर्णय गरेको थियो । एमाले सरकारबाट बाहिरिदा तुईन विस्थापितको कार्य ढिला सुस्ती भएको स्थानीयहरु बताउँछन ।

जिल्लाका ११ तुईन विस्थापित पुल मध्य ६ ओटा झोलुङ्गे पुल बनाउन जिम्मेवारी जिल्ला समन्वय समिति लिएको असिस्टेन सब इन्जिनिनियर सुन्दर श्रीपालले जानकारी दिए । अन्य ५ ओटा तुईन विस्थापित गर्ने जिम्मेवारी टी.बी.एस.यु. ब्रीज डिभिजनले लिएको जानकारी दिए । जिल्ला समन्वय समिति सुर्खेतले गत दशै तिहार सम्म ६ तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य राखिएको थियो । तर असार मसान्त सकिदा समेत निर्माणको कार्य सम्पन्न गर्न सकेको छैन । ६ ओटा पुल मध्य ४ ओटाको काम सम्पन्न भईसकेको उनले जानकारी दिए । २ ओटा पुल निर्माधिन अवस्थामा छन् ।

जसमा मध्य भेरीगंगा र लेकवेसी नगरपालिका जोड्ने तल्लो बाह्र गाउँ पुलको काम अन्तिम चरणमा पुगेको श्रीपालले जानकारी दिए । तल्लो बाह्र पुलको काम ६० प्रतिशत सम्पन्न भईसकेको उनले जानकारी दिए । यस्तै साहारे र घुमखहरे जाडेन पुलको मंसिर भित्र सम्पन्न गरी सक्ने जिल्ला सम्वन्यन समितिले दावी गरेको छ । यही ६ ओटा झोलुङ्गे पुल निर्माणका गर्न १ करोड ७६ लाख ३६ हजार १ सय ४४ लागतमा लाग्ने जिल्ला विकास समितिले सुर्खेतले जनाएको छ ।

त्यस्तै १२० मिटर भन्दा लामा ५ पुल निर्माणका जिम्मेवारी टी.बि.एस.यु. (झोलुङ्गे पुल शाखा) काठमाण्डौले जिम्मेवारी लिएको जिविस सुर्खेतले जनाएको छ । टी.बि.एस.यु हाल पुलहरुको सर्वेक्षण गर्ने कार्य सकेको जनाइएको छ । एस.वि.डी. ले तातापानी–९ र तंरगा–४ मा जोड्ने कुटा झोलुङ्गे पुल, तातापानी–१० र घाटागाउँ–९ जोड्ने गल्फाघाट झोलुङ्गे पुल, तरंगा–१ र सुँगुरखाल–९ कैलाली जोड्ने बुङ्घाट झो.पु, सुर्खेतको बेतान र सुगुरखाल– ९ कैलाली जोड्ने मौरीवन झोलुङ्गे पुल, लगाम–५ र बलाता–२ अछाम जोड्ने बेनीघाट झोलुङ्गे पुल र भेरीगंगा नगरपालिका–१३ र लेखफर्सा–७ जोड्ने झोलुङ्गे पुल निर्माणको जिम्मेवारी लिएको छ ।