नेपाल–भारत–तिब्बत हु“दै चीन जोड्ने हालसम्मकै छोटो र सजिलो त्रिदेशीय सडक निर्माण योजना लामो समयदेखि अन्यौलमा परेको छ । बजेटमा समावेश भएपनि सरकारको प्राथमिकतामा नपर्दा भारतको तिकुनिया–कतरनियाघाट, बर्दियाको राजापुर, कैलालीको चिसापानी–घाटगाउ“–गुुटु–मंगलसेन–बाजुरा हु“दै हुम्लाको हिल्साबाट तिब्बत जोड्ने सडक निर्माणले गति लिन नसकेको हो ।
यो रुटबाट सुर्खेतको गुटुबाट अछाम सदरमुकाम मंगलसेन जोडिन अब चार किमी बा“की छ । यस क्षेत्रका बासिन्दाले तीन दशकदेखि व्यापारिक महत्वको त्रिदेशीय सडक निर्माणलाई प्राथमिकता दिन माग गर्दै आएका छन् । कैलालीको चिसापानी र सुर्खेतको घाटगाउ“सम्म सडक निर्माण भैसकेको छ । चौकुने गाउ“पालिका अन्तर्गत पर्ने गुुटुका पूर्व जनप्रतिनिधि काशीराम देवकोटाले अछाम बाजुरा सडक सञ्जालमा जोडिसकेकाले तत्काल सुर्खेतको गुटु हु“दै मंगलसेन जोड्ने ट्रयाक निर्माण गरिनुपर्ने बताए ।
भारतलाई सडक सञ्जालबाट चीनसंग जोड्ने यो अति छोटो मार्ग हो । मानसरोवर तीर्थयात्रा जाने पैदल मार्ग पनि हो । सरकारले दुई वर्ष अघि बजेटमा उक्त सडकका लागि बजेट विनियोजन गरेपनि सुर्खेत खण्डमा अझ ट्रयाक विस्तार हुन सकेको छैन् । चालू आवमा घाटगाउ“–गुटु–साल्म–जंगलाघाट सडक निर्माणका लागि १० करोड बजेट विनियोजन गरेको छ । कैलालीको सुंगुरखाल र घाटगाउ“को चिप्लेमा साढे चार मिटर लामो मोटरेवल पुलका लागि समेत २२ करोड बजेट विनियोजन छ । त्रिदेशीय सडक सञ्जाल आसपासका बासिन्दाले कतरनिया–सती सुख्खा बन्दरगाह सञ्चालन गर्न माग राख्दै आएका छन् ।
सडक डिभिजन कार्यालय सुर्खेतले चिसापानी–गुटु–मंगलसेन फाष्ट ट्रयाक बहुवर्षीय योजना अन्तर्गत रहेको जनाएको छ । डिभिजन प्रमुख बेलबहादुर भुजेलले कर्णाली करिडोरलाई समेत समेट्ने गरी उक्त फाष्ट ट्रयाक निर्माण गर्दा त्रिदेशीय सडक सञ्जालको सपना चा“डै पुरा हुने विश्वास व्यक्त गरे । बजेट कार्यान्वयन नहु“दा यस क्षेत्रका बासिन्दाले सरकारसंग गुनासो गर्दै आएका छन् ।