☰ open Loading... 18 November 2024|  

लक्षित वर्गको बजेट : महिनावरी नुहाउने धारा निर्माण
  | १६ असार २०७४, शुक्रबार ०७:५१

जुम्ला : महिनावरी भएका महिलाहरुलाई नुहाउनका लागि यहाँका कनकासुन्दरी गाउँपालिका २ बोतामालिका धारा निर्माण गरिएको छ । चौतर्फी छाउगोठ भत्काउने अभियान चलिरहेको बेला जुम्लामा भने महिनावरी भएका महिलाहरु नुहाउने धारा निर्माण गर्नु गलत भएको बताइएको छ ।

बोतामालिका गाविसका साविकका वडा नम्बर २, ३ र ६ नम्बर वडामा लक्षित वर्गको बजेटबाट धारा निमार्ण गरिएको हो ।साविकका ३ वडामा आएको लक्षित वर्गको जम्मा ३ लाख ५० हजार बराबरको बजेट धारा निमार्णमा खर्च भएको स्थानियले जानदेवि बुढाले जानकारी दिइन् । उनले लक्षित वर्गको बजेट सशक्तिकरणमा खर्च गर्नुको सट्टा महिनावरी भएका महिलाहरु नुहाउने धारामा निर्माण गर्नु गलत भएको उल्लेख गरिन् ।

महिनावरी भएका महिलाहरु नुहाउने धारा साविकको २ नम्बर वडामा १ लाख २५ हजार, वडा नम्बर ३ मा ५० हजार र वडा नम्बर ६ मा १ लाख ६५ हजार रुपैयाको लागतमा निर्माण गरिएको छ । महिलाको नाममा आएको रकम सशक्तिकरणमा खर्च गरौंभन्दा महिलाहरुले नै नचाहेर महिनावरीले नुहाउने धारा निर्मामा खर्च गर्नु परेको बताए ।