दैलेख । सधै खेतभरि बाँउसे र जोत्ने र साउनेका लागि गोरु । तर, यसपटकको असार १५ को रोपाई महोत्सवको दृश्य अलि फरक थियो । न गोरु थिए न त पहिलेझै खेतभरी बाँउसे नै । रोपाईमा यान्त्रिकिकरणले छिटो र सरिदो रोपाई । हाते ट्याक्टर जोत्नेदेखी साउने फटाफट गरेपछि छिनझमै रोपाईका ब्याट तयार ।
त्यसमै भयो रोपाई महोत्सवको उद्घाटन । सासद अम्मरबहादुर थापाले उद्घाटन गरे । अनि हिलो हाल्ने र रोप्ने कामसंगसगै भयो । पहिलो पटक हाते ट्याक्टरबाट जोत्ने र साउने काम भएपछि सहभागी अतिथिदेखी कृषकहरु समेत अच्चम मानेर हेरिरहेका थिए । अहिले जिल्लाका ५ स्थानीय निकायमा हाते ट्याक्टरको प्रयोग भईरहेपछि आगामी वर्ष जिल्लाभर पहँुच हुने जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत राजु भुजले बताए ।
१ लिटर तेलले करिव २ रोपनी खेत रोप्ने जनाईएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीदेखी सभाषद्, नारायण नगरपालिका उपमेयर सावित्री मल्ल, गुँरास गाँउपालिका उपाध्यक्ष दिपा विसी, डुगेश्वर गाँउपालिका अध्यक्ष नगेन्द्र मल्लदेखी जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुले सामुहिक रुपमा रोपे ।