सुर्खेत : पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि नियुक्त गरिएका म्यादीहरुबाट सुर्खेत प्रहरीले मोटो रकम कमिशन खान खोजेपछि हंगामा भएको छ । गृह मन्त्रालयले तोकेको सेवा–सविधाभन्दा निकै कम तलब, भत्ता दिएर बिदाई गर्न थालेपछि म्यादी प्रहरीहरु आन्दोलनमै उत्रिएर भण्डाफोर गरेपछि हंगामा मच्चिएको हो ।
प्रहरीले आफूहरुको गुनासो सुनुवाइ नगरेको भन्दै बिहीबार म्यादी प्रहरीहरुले जिल्ला प्रशासनमा धर्ना समेत दिएका छन् । प्रहरी कार्यालय अगाडि नाराबाजीमा उत्रिएका उनीहरुले आफूहरुले पाउनु पर्ने सेवा सुविधामा तलमाथि नगरेर दिन माग समेत गरे । माम्दी प्रहरीले भ्याट, करकट्टी गरेर ५१ हजार ५ सय ३८ रुपैंया पाउनुपर्ने हो ।
जिल्ला प्रहरीले ३९ हजार रुपैया“ दिन थालेपछि म्यादीहरु आन्दोलित भएका छन् । म्यादी प्रहरी महेश विष्टले सरकारले तलबका अतिरिक्त खाजा, खाना, पोशाक, भ्रमण, यातायात लगायतका शिर्षकमा भत्ताको व्यवस्था गरेपनि कार्यालय कमिशन खाने दाउमा लागेको आरोप लगाए । ‘५५ दिनसम्म दिनरात खटिएर काम ग¥यौं’ उनले भने, ‘त्यतिबेला भर्ना हु“दा बताइएको तलब भत्ता र, अहिले दिन थालिएकोमा धेरै अन्तर छ ।’
अर्का म्यादी प्रहरी कविराज विकले वास्तविक पाउनुपर्ने भन्दा निकै कम दिने प्रयास भएकाले आन्दोलनमा उत्रिनुपरेको बताए । ‘म्यादी प्रहरीको तलब भत्तामासमेत हाकिमहरुले ¥याल चुहाए’ विकले भने, ‘यस अवधिमा हाम्रो थुपै्र व्यक्तिगत खर्च भयो । १०–१२ हजार बचत हुने अनुमान गरेका थियौं । अब त्यति पनि नपाउने भयौं ।’
सरकारले प्रति म्यादी प्रहरी ७ हजार एक सय पोशाक भत्ताको व्यवस्था गरेको छ । तर, २ हजार ६ सय ३ रुपैंया पोशक खर्च कटाउनु पर्नेमा सुर्खेत प्रहरीले ३ हजार एकसय रुपैया कटौती गरेर चार हजार नगद दिएको उनीहरु बताउँछन् । म्यादीहरुले स्लिपिङ ब्याग, म्याट आफ्नै खर्चमा किनेको गुनासो छ पनि उनीहरुको छ । ‘उल्टै पोशाकको आधा भन्दा बढी रकम कटाउने काम भयो’ कविराजले भने ।
सरकारले एक हजार यातायात खर्चको व्यवस्था छ । जिल्ला प्रहरी कार्यालयले यातायात खर्च नदिने बताएपछि म्यादीहरु थप आक्रोशित बनेका हुन् । जिल्ला प्रहरी कार्यालयले प्रति व्यक्ति १०–१२ हजार कमिशन खान खोजेको म्यादीको आरोप छ । कतिपय म्यादीले जुत्ता आफ्नै खर्चमा किनेको गुनासो गरे ।
तर स्रोतका अनुसार प्रहरीले पोशाक खर्चबाट बचेको रकमबाट प्रहरीले १८ सय रुपैयाँ खाना खर्च कटाएको छ । गृहमन्त्रालयले नै खाना खार्चसहित रकम विनियोजन गरेको म्यादी प्रहरीको भनाई छ । जिल्ला प्रहरी प्रमुख (एसपी) मोहन आचार्यले कमिशन ढाकछोप गर्ने प्रयास गरेका छन् ।
उनले मिडिया र म्यादीलाई फरक–फरक विवरण उपलब्ध गराएका छन् । प्रहरीले मिडियालाई एउटा र, म्यादीलाई अर्कै विवरण बताउने गरेको छ । ‘म्यादीहरुले कुरै नबुझेर आन्दोलन गरेका छन्’ उनले भने, म्यादीलाई ठग्ने, कमिशन खाने कुनै मनसाय छैन् ।’