☰ open Loading... 17 November 2024|  

‘आँखा गुमाए नि छोरी बचाइदिनुस्’
  | २३ जेष्ठ २०७४, मंगलवार १०:३४

सुर्खेत : सानो छँदा लडेर आँखामा चोट लागेकी कालीकोटका एक बालिकाका आफन्तले सहयोगको याचना गरेका छन् । कालीकोट रास्कोट नगरपालिका– ७ का ४ बर्षिय मन्सरा लुवारका बुवाले छोरीले आँखा गुमाए पनि छोरी बचाई दिन उनका बुवा रने लुवारले अपिल गरेका हुन् ।
थप उपचारका लागि काठमाडौं जाँदै गरेका रनेले वीरेन्द्रनगरमा सोमबार रफत सञ्चार क्लवले गरेको पत्रकार सम्मेलनमा छोरी बचाई दिन सबैमा अपिल गरे ।

उनले सानैमा खेल्दा घर निजकैको कुलोमा लडेर छोरीको आँखामा चोट लागेको जानकारी दिए । तर मन्सराको आँखा विस्तारै सन्चो नभएर घाउ बढ्दै गएको थियो । कमजोर आर्थिक अवस्था भएका रनेको परिवारले आँखाको घाउ बढ्दैजाँदा समेत रकम अभावले उपचार गर्न नसकेको बताउँछन् । २०७० साल बैशाख १० गते बुवा रने लुवार, आमा रन्जना लुवारको कोखबाट कान्छी छोरीको रुपमा जन्मिएकी मन्सरा आफ्नो आखाँमा लागेको चोटको समयमै उपचार नपाउँदा अहिले मर्नु न बाच्नुको दोसाधमा छिन् ।

दुई वर्षदेखि मन्सराको दाँया आँखामा लागेको चोटको घाउ बल्झिएर अहिले क्यान्सरमा परिणत भएको छ । अहिले उनको ज्यान बचाउने अन्तिम विकल्प भनेको आँखा काटेर फाल्नु मात्र रहेको जिल्ला आखाँ उपचार केन्द्र कालीकोटका इन्चार्ज डबल अधिकारी बताउँछन् ।

पाँच महिना पहिले यिनै विरामी मन्सरालाई जिल्ला आँखा उपचार केन्द्रमा ल्याउदा उतिखेरै आफुले मन्सराको आँखा जटिल भैसकेको र उनलाई पोखरा तिर उपचारको लागि रिफर गरिदिन्छु भन्दा नमानेको बताएका इन्चार्ज अधिकारीले उपचार खर्च छैन भन्दै सामान्य औषधी लिएर घरतिरै लागेको जानकारी दिए ।

विरामी छोरीको स्वास्थ्य अवस्था अन्तिम स्थितिमा पुगेपछि उपचार सहयोगका लागि अहिले हारगुहार गर्दै रने जिल्ला (बाँकी ४ पेजमा) सदरमुकाम मान्मदेखि सुर्खेतहुँदै काठमाडौं गएका छन् । वीरेन्द्रनगरमा सोमबार व्यवसायी तथा समाजसेवी भद्र भण्डारीले तीन हजार, नेकपामा माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसी र विद्यार्थी नेता महेश जिशीले नगद दुई÷दुई हजार रकम रफत सञ्चार क्लवमार्फत सहयोग गरेका छन् ।

‘आफ्नो आर्थिक अवस्था कमजोर थियो छोरीको उपचार खर्च जुटाउन भारत गए’ मन्सराका बुवा रनेले भने,–‘प्रयाप्त रकम नहुँदा समयमै बाहिर लिन सकिन आज छोरीले आँखा गुमाउनु प¥यो ।’ सुर्खेतदेखि काठमाडौंसम्मका जान मन्सराका आफन्तलाई काँक्रेविहार यातायात व्यवसायी समितिका सचिव रमेश सापकोटाले निःशुल्क टिकटको व्यवस्था गरेका छन् ।

उनले काठमाडौंमा उपचार अभाव भएमा आफ्ना व्यवसायीहरुबाट थप रकम संकलन गरेर पठाउने प्रतिवद्धता समेत जनाए । तर सचिव सापकोटाले काठमाडौंबाट सुर्खेत फर्कदा एक जनालाई निःशुल्क रुपमा आफ्नो समितिको बसले टिकट उपलव्ध गराउने उल्लेख गरे । ‘समयैम जानकारी भएन्, मैले गर्ने सहयोग म अझै पनि मन्सरा बचाउने अभियानको साथमा हुनेछु’ सापकोटाले भने,–‘काँक्रेविहार यातायात व्यवसायी संघ सदैव दिनदुखीको सेवामा समर्पित हुनेछ ।’

मन्सराको थप उपचारको लागि सहयोग जुटाउन सानिमा बैंक शाखा कालिकोटमा छोरीको नाममा ०४४००००००१०० एम नम्बरको खाता खोलिएको छ । सहयोगी मनहरुले मन्सराको नाममा खोलिएको खातामा रकम जम्मा गरिदिनुहुन् कालिकोट फुकोटका स्थानीय कालिबहादुर महताराले आग्रह गरे ।

उनले कमजोर आर्थिक अवस्था भएकी मन्सारले आँखा गुमाएपनि बाँकी भविष्य सुन्दर बनाउन यो अभियानमा लागेको बताए । ‘निर्दोष बालिका मन्सराको ज्यान जोगाउनका म सबैमा अपिल गर्छु’ महताराले भने ।