| २६ जेष्ठ २०७४, शुक्रबार १४:५७
दैलेखः जिल्ला प्रहरी कार्यालय दैलेखले आफूहरुलाई अन्य जिल्ला भन्दा कम तलव दिन लागेको भन्दै म्यादी प्रहरीहरु आन्दोलित भएका छन् ।
छिमेकी जिल्ला सुर्खेतमा सबै खर्च कटाएर ३२ हजार ९ सय दिएको तर दैलेखमा २८ हजार मात्र दिन लागेको भन्दै उनिहरु आन्दोलित भएका हुन् । होटलमा खाएको खानाको समेत रकम काटेको म्यादी प्रहरीहरुले बताएका छन् ।
उता जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख केदार रजौरेले पारदर्शी रुपमा प्रष्ट्याई सक्दा पनि गलत मनसायले प्रचारवाजी गरेको आरोप लगाए ।
करिव २ महिनाका लागि भर्ना गरिएका दैलेखका साढे ७ यस म्यादी प्रहरी मध्ये दोश्रो चरणको निर्वाचनमा बर्दिया र कैलाली जान चाहेका वाहेक अहिले नै घर जान चाहनेहरुलाई दिइने रकममा कटौती गरिएको भन्दै आन्दोलित भएका म्यादी प्रहरीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि केहि समय धर्ना समेत दिएका थिए ।