जुम्ला । जुम्ला गोठीचौर गाउँपालिका ५ निवासी गौरीलाल भण्डारीको यार्सा संकलनको क्रममा लेक लागेर मुत्यु भएको छ । मुगु जिल्लाको पुर्वी भेगको पुर्वी भेगको पर्ने मुगुम कार्मारोङ गाउँ पालिका —२ मुगु गाउँका पाटन क्षेत्रमा यार्सा संकलन गर्ने क्रममा ज्यान गएको हो ।
मुगुको हिमाली पाटन क्षेत्र ठुलो कोईकी पुगेका जुम्ला गाउँपालिका— ५ कुम्डीका २५ वर्षिया गौरीलाल भण्डारीको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए । प्रहरीका अनुसार लेक लागेर विरामी परेका भण्डारीलाई बोकेर ल्याउदै गर्दा मुगु गाउँ पुग्न एक घण्टा बाँकि रहँदा छोटी चौर भन्ने स्थानमा मृत्यु भएको हो ।
मृतक भण्डारीलाई बोकेर ल्याउने उनका साथी विरामी परेको र अरु मान्छे नहुँदा लास अहिलेसम्म दाह संस्कार हुन हुन सकेको छैन् । मृतक भण्डारीका परिवारलाई सोमबार विहानै मात्रै गएको परिवार स्रोतले जनाएको छ ।