दैलेख । यहाँ गरिएको एक कार्यक्रममा जंगलमा बस्दै फिरन्ते जिवन विताएका राउटेहरुको जिवन ब्यवस्थापन मुख्य चुृनौती भएको भन्दै अव, गाँउ तथा नगरपालिकाबाट उनीहरुको संरक्षण हुनुपर्ने नारायण नगरपालिकाका उपमेयर सावित्री मल्लले बताईन् । उनले जहाँ राउटे पुग्न त्यहाँका गाँउ तथा नगरपालिकाले नै ब्यवस्थापन गर्नुपर्ने बताएकी हुन् ।
६ र ७ नम्वर प्रदेशका पहाडी जिल्लाको जंगलहरुमा बसाई गर्ने राउटेहरुको ब्यवस्थापनमा चुनौती देखीएपछि राउटे उत्थान प्रतिष्ठानले गरेको कार्यक्रममा प्रमुख अतिथि उपमेयर मल्लले राउटे ब्यवस्थापनमा आफ्नो तर्फबाट नितिगत रुपमा सहयोग गर्ने बताईन् ।
उनले समाजमा अँझै पनि राउटेभन्दा क्रशपूर्ण रहेकाले सवैले माया र सद्भावका साथ उनीहरुको ब्यवस्थापन गर्न लाग्नुपर्ने बताईन् । जहाँ गएपनि गाँउ तथा नगरपालिकाले ब्यवस्थापनमा बजेट विनियोजन गर्नुपर्ने मल्लले बताईन् ।
राउटेहरुले पछिल्लो वर्षहरुमा भोकमारीको समस्या झेल्नुपरेको छ । पोषणयुक्त खाना नहुँदा राउटे बच्चाहरुमा कुपोषण समस्या जटिल बनेको प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारीले बताईन् । ‘राउटेको संरक्षण र संवर्धनमा सवैको हातेमालो भएमा सम्भव छ ।’ उनले भनिन् ः ‘उनीहरुलाई खानपान र ब्यवस्थापनमै अहिले मुख्य चुनौती भएको छ ।’
अहिले राउटे दैलेखको आठविस नगरपालिकाको जंगलमा बस्दै आएका छन् । वर्षेनी राउटेको जनसंख्या घट्दो अवस्थामा रहेको राउटे प्रतिष्ठानले जनाएको छ । अहिले राउटे १ सय ५० जनाको संख्यामा छन् । उचित खानपान र अन्य ब्यवस्थान नहुँदा उनीहरुको मृत्युदर घट्दो अवस्थामा छ ।