☰ open Loading... 12 March 2025|  

स्व. क्याप्टेन दिनेशको जन्मदिनमा स्वास्थ्य शिविर
  | ३० जेष्ठ २०७४, मंगलवार ११:३९

सुर्खेत । आफू मरेर अरुलाई बचाउने साहशी चालक दिनेश न्यौपानेको ३१ औं जन्मदिनमा वृहत स्वास्थ्य शिविरको आयोजना गरिएको छ । क्याप्टेन दिनेश प्रतिष्ठान सुर्खेतको आयोजनामा मंगलवार इगरब्रिज उच्च माध्यामिक विद्यालयमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

शिविरको उद्घाटन सत्रमा बोल्दै वीरेन्द्रनगर नगरकार्यपालिकाका प्रमुख देवकुमार सुवेदीले क्याप्टेन दिनेश न्यौपानेले आफू मरेर अरुलाई बचाएर लाखौं नेपालीको मनमा बसेको भन्दै भौतिक शरिर हामीसंग नभएपनि उहाँले गरेको योगदान कहिल्यै भुल्न नसक्ने बताए । उनको सम्झनामा प्रतिष्ठानले आगमी दिनमा समेत यस्ता सामाजिक कामहरु सञ्चालन गरिरहन सुझाव दिएका थिए ।

मंगलवार विहान ९ बजेबाट शुरु भएको स्वास्थ्य शिविरमा ४५८ जनाले नाम दर्ता गरेको क्याप्टेन दिनेश प्रतिष्ठान सुर्खेतका अध्यक्ष दिपेन भुषाल जानकारी दिए । शिविरमा मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत बरिष्ठ फिजिसियन डा. केएन पौडेल र नेपालगञ्जका प्रमुख कन्सलटेन्ट डा. रमेशकुमार श्रेष्ठले स्वास्थ्य परिक्षण गरिरहेका छन् ।