☰ open Loading... 18 November 2024|  

व्यापारी अपरहरण प्रकरण : सत्य तथ्य केही दिनमा बाहिर ल्याउँछाैं : डिअार्इजी
  | ३० जेष्ठ २०७४, मंगलवार १७:३६

दाङ । मध्यपश्चिम प्रहरि प्रमुख डिआईजि बिजय कायस्थले अपहरित तुलसीपुरका ब्यवसायी राजकुमार श्रेष्ठका बारेमा चाडै सत्य तत्थ्य बाहिर आउने बताएका छन् । रिपोटर्स क्लब नेपाल दाङले मंगलबार तुलसीपुरमा गरेको साक्षात्कारमा बोल्दै डिआईजि कायस्थले श्रेष्ठ घटनाका बारेमा सुक्ष्म अध्यण भैरहेको भन्दै दुई चार दिनमै सत्य तत्थ्य बाहिर आउने बताउका हुन् ।

शुक्रबार देखि अपहरणमा परेका तुलसीपुरका प्रतिष्ठीत ब्यवसायि श्रेष्ठको खोजिमा राज्यले आफना सवै संयत्र परिचालन गरेको समेत उनले बताए । घटना किन र के का लागी भएको हो भन्ने विषयमा प्रहरिले अनुसन्धान गरिरहेको भन्दै अहिले नै यसै भन्न सक्ने अवस्था नरहेको उनकाे भनाइ थियाे ।

रिपोर्टर्स क्लव नेपाल दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कारमा बोल्दै डिआईजि कायस्थले घटना भए लगत्तै देखि दाङ र सल्यानको प्रहरि परिचालन गरेर खोजि कार्य तिव्र पारिएको समेत जानकारी दिए । खोजि कार्य अन्र्तगत सोमबार प्रहरिले कुकुरको समेत प्रयोग गरेको तर प्रभावकारि नभएको कायस्थले बताए ।

अनुसन्धान समिति गठन

डिआईजि कायश्थका अनुसार राप्ती अंचल प्रहरि प्रमुख ज्ञान बिक्रम शाहको संयोजकत्वमा दाङ जिल्ला प्रहरि प्रमुख, बाके जिल्ला प्रहरि प्रमुख र सल्यान जिल्ला प्रहरि प्रमुख सदस्य रहेको अनुसन्धान समिति समेत गठन गरिएकाे छ ।

साक्षात्कारमा बोल्दै डिआईजी कायस्थले प्रहरिले घटनामा संलग्न भएको हुन सक्ने भन्दै २ जना ब्यक्तिहरुको स्केच तयार गरि सार्वजनिक गरेको छ । साथै प्रहरिले घटनाको बारेमा सुचना दिने ब्यक्तिलाई नगद एक लाख पुरस्कार दिने समेत बताएको छ ।

साक्षात्कारमा बोल्दै डिआईजी कायस्थले दोस्रो चरणको निर्वाचन अन्र्तगत असार १४ गने हुने निर्वाचनका लागी मध्य पश्चिम संवेदनशिल क्षेत्रमा पर्ने भन्दै सोहि अनुसार प्रहरि परिचालन गर्ने तयारी भै रहेको पनि बताए । निर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्नका लागी प्रहरी तयारि अवस्थामा रहेको समेत उनले बताए ।

अपहरणमा परेकाे प्रहरी निष्कर्ष

यता, दाङ प्रहरीले तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठ अपहरणमा परेको निश्कर्ष निकालेको छ । गएको शुक्रबार राती देखी बेपत्ता भएका श्रेष्ठ सहित अर्का एक जना पनि अज्ञात समुहबाट अपहरणमा परेको दाङ प्रहरीले निश्कर्ष निकालेकाे हाे । प्रहरीले जारी राखेको अनुसन्धानबाट श्रेष्ठसहित रणबहादुर घर्तीमगर अपहरणमा नै परेको खुल्न आएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी धिरजप्रताप सिंहले प्रेस बिज्ञप्ती जारी गरि घटनाका प्रकृती हेर्दा र प्रत्यक्षदर्शीहरुको बयानका आधारमा श्रेष्ठ र घर्ती अपहरणमा परेको उल्लेख गरे । सल्यान कपुरकोट गाउँपालीका ५ मेलखोला स्थित भित्री कच्ची सडक खण्डमा भारतिय नम्बरको गाडी र राजकुमार श्रेष्ठ सवार बा ११ च १०७१ नम्बरको कार भेटिएको थियो ।

उक्त कारमा रहेका भारतिय व्यक्तिहरुको बयानका आधारमा दुई जना व्यक्तिको प्रहरीले स्केच तयार पारेर खोजी कार्यलाई जारी राखेको छ । दाङ र सल्यानबाट करिब २ सय प्रहरी परिचालन गरेर खोजी भैरहेको प्रहरीले जनाएको छ । यसैबिच बिभिन्न निकायहरुले श्रेष्ठको तत्काल सकुसल रिहाईको माग गर्दै आएका छन् ।