☰ open Loading... 17 November 2024|  

पत्रकार महासंघका सचिवसहित ११ जना सम्मानित
  | ३० जेष्ठ २०७४, मंगलवार २२:०८

सुर्खेत । वीरेन्द्रनगर ११ स्थित शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणमा सहयोग पु¥याउने झण्डै दर्जन व्यक्तित्वलाई सम्मानित गरेको छ । सम्मानित हुनेमा नेपाल पत्रकार महासंघ सुर्खेतका सचिव सुदीप पुरीलगायत ११ जना रहेका छन् ।

निवर्तमान अध्यक्ष लालबहादुर चौधरीको अध्यक्षतामा भएको समूहको साधारणसभामा जिल्ला वन अधिकृत हेमराज विष्टले वीरेन्द्रनगर प्रवेश गर्ने प्रवेशद्वार मानिएको सो सामुदायिक वनको संरक्षण गर्न थप क्रियाशील हुन सुझाव दिए । उनले वन अतिक्रमणलाई निरुत्साहित गर्न पनि जोड दिए ।

साधारणसभामा सहायक बन अधिकृत शेरबहादुर रोकाय, स्थानीय समाजसेवी तोरण विकलगायतले शुभकामना दिएका थिए । यसैवीच सो समूहले १२ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

मीना आचार्यको अध्यक्षतामा गठित कार्यसमितिमा सवै महिला रहेका छन् । उपाध्यक्ष गीता सुनार, सचिव झरना रेग्मी, कोषाध्यक्ष कमला चौधरी, सहसचिव नुरजहा“ विवी र सदस्यहरुमा सुमित्रा चुनारा, राधिका जिसी (क), लक्ष्मी चुनारा, राधिका जिसी (ख), चन्द्रा बुढा, दिलमाया रामजाली र सुमित्रा खड्का रहेका छन् ।