दैलेख । जिल्लामा थुप्रै बालबालिकाहरु पढ्न पाईरहेका छैनन् । धेरै मजदुरी गर्छन् त्यतिकै दुब्र्यवहारको सिकार पनि भएका छन् । तर, उनीहरुको आवाज बुलन्दित नहुँदा झन पीडित भईरहेका छन् । जिल्लामा थुप्रै सहायताका लागि कार्यक्रम पनि छन् । उनीहरुकै हकहितमा बोल्ने बाल क्लव पनि गठन छ ।
पिडित बालबालिकाहरुको आवाज सरोकारवालासम्म नपुग्दा पुग्न नपाउँदा बालबालिकाहरुमाथि हुने विभेद प्रभावकारी हट्न सकेको छैन् । त्यसैले बालबालिकाहरुको पिडा मलम होईन् सधै पीडामै सीमित हुने गरेको छ । पछिल्लो समय यहाँका बालबालिकाहरु पनि जागरुप हुन थालेका छन् । आफ्ना हक अधिकारदेखी सरकारले आफुका लागि लक्षित गरेको रकमका बारेमा समेत खोजी निति गर्न थालेका छन् ।
अहिले आफ्नो अधिकारका लागि उनीहरु चासो र चिन्ताका साथ स्थानीय तहका वडा स्तर हुदै गाँउपालिका र नागरपालिकाबाट बाल क्लवका प्रतिनिधिहरुको छनौट हुँदै जिल्लास्तरीय बाल सञ्जाल गठन गरि कार्यालय स्थापना गरेका छन् । जिल्लाभर बालबालिकाहरुप्रति हुने घटनाको तत्काल सम्वोधन गर्न क्लवले जालो विछ्याएको छ ।
हटलाईनदेखी प्रहरीको १०० नम्वर हुँदै आफ्ना प्रतिनिधिहरुलाई गाँउगाँउबाटै सुचना दिने ब्यवस्था बाल क्लवले गरेको छ । विगतमा बाल विवाहमा केन्द्रित भएको क्लव अहिले विद्यालयमा सवै बालबालिका, बाल मजदुर अन्त्य, हिंसामा परेका बालबालिकाहरुका लागि लगायतका क्षेत्रमा अभियानै चलाउने उद्घोष गरेका छन् ।
आफुजस्ता बालबालिकाहरुको अधिकारका बारेम समेत थाहा थिएन् । छिमेकमै के भैरहेको छ भनेर जानकारी नपाउने हिजोको अवस्था थियो तर, अहिले त्यतीबेला बालबालिकाहरुमाथि धेरै अन्याय भएको रहेछ तर, कानुन नथाहा पाउदा अन्यौल थियो अव हामी सचेत भईसकेको बाल क्लव दैलेखका अध्यक्ष अध्यक्ष यामबहादुर विकले बताए । ‘हामीले जे सिकेका छौ त्यो हुवाहु गाँउमा सार्थीहरुमाँझ राख्छौं र लागु गछौं ।’
क्लवका अध्यक्ष विकले भने, सञ्जालले बालविवाह न्यूनिकरण, विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान गरी विद्यालय सेवा क्षेत्रमा ल्याउन सहयोग गर्ने , हिंसा प्रभावित बालबालिकाको उद्धारका लागी सहकार्य गर्ने र स्थानीय तहको विकास निर्माण र निर्णय प्रक्रियामा साझेदार भएर काम गर्नेछौं ।’
आफ्नो कार्यकालमा कुनै पनि बालबालिकाले बाल ंिहसा र श्रम शोषण जस्ता दुव्र्यवहार मुक्तका लागि सशक्त रुपमा लाग्ने क्लवका उपाध्क्ष विपना रानाले बताईन् । ‘सानैदेखि समाजसेवा गर्ने इच्छा भएकै कारण जिल्लास्तरीय सञ्जालमा आएको हुँ ।’ उपाध्यक्ष रानाले भनिन् ः आफ्नो अध्ययनलाई पुरा गर्न सबै साथीहरुलाई सुझाव दिन्छु र अन्यायमा परेका साथीहरुको लागि आवाज उठाउन समेत सवैमा अपिल गर्दछु ।’
बाल बालिकाको उमेर सिक्ने हो र सिक्ने धेरै प्रकारको शैली हुन्छ । अरु जुनसुकै काम गरेपनि बालबालिकाले शैक्षिक गुणस्तर सुधार गर्न सकेन्न भने अरु कामको कुनै अर्थ नभएको स्थानीय विकास अधिकारी डिलाराम पथीले बताए । ‘अहिले पनि केही बालबालिका विद्यालय वाहिर छन् ।’ स्थानीय विकास अधिकारी पन्थीले भने, ती बालबालिका तपाईहरुका साथी हुन ।
तिनीहरुलाई विद्यालयमा ल्याउने जिम्मा तपाईहरुको हो ।’ स्थानीय जनप्रतिनिधिहरुसँग बालबालिकाले मिलेर काम गर्नुपर्ने भएकाले आफ्नो क्षमता विकास गर्न पन्थीले आग्रह गरे । तपाईहरु भाषण गर्ने नेता होइन, पढ्ने र समाज सुधारका लागि काम गर्ने नेता भएकाले स्थानीय तहमा विरोध मात्रै नगरेर सकारात्मक काम गर्नुपर्ने उनको भनाई थियो ।
त्यस्तै जिल्लामा भएको भेलाले यामबहादुर विकको नेतृत्वमा १३ सदस्यीय जिल्लास्तरीय बाल सञ्जालको गठन गरेको छ । दोस्रो जनआन्दोलन पश्चात राज्यको मुलप्रवाहमा आउन नसकेका महिला, दलित,पिछडा वर्ग र बालबालिकाको स्थानीय तहका सबै संरचनामा प्रतिनिधित्व गराउने रणनीति राज्यले अपनाएको थियो । स्थानीय स्वायत्त शासन २०५५ र बालमैत्री स्थानीय शासन कार्यविधि २०६७ ले पनि स्थानीय तहका सबै संरचनामा बालबालिकाको प्रतिनिधित्व गर्ने व्यवस्था गरेको छ ।