| १ असार २०७४, बिहीबार ०८:३७
सुर्खेत । सुर्खेतमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–३ पतेनीरोडस्थित फायर फीस कटेजको फलामे रेलिङ्मा विद्युत सर्ट हुँदा गएराती दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कालीका गाउँपालीका–५ कालिकोटका २६ वर्षीय भिम शाही र रामेछापका २५ वर्षिय पासाङ लामा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दियो ।
यता, पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालीका १० का लोक बहादुर मन्दिर भेरी नदी तर्ने बेला वेपत्ता भएका छन् । चेपाङबाट तातापानी जाने क्रममा पौडीएर नदी तर्ने क्रममा ६० वर्षिय मन्दिर बुधबार साँझ वेपत्ता भएका हुन् ।