☰ open Loading... 17 November 2024|  

भेल्तडी दुर्घटना : ‘बस भिरमा फालेर चालकले हाम फाले’
  | १ असार २०७४, बिहीबार ०९:०४

दैलेख । कालिकोटबाट यात्रुले खचाखच भएको बसलाई कहिले सहचालक त कहिले चालकले आलोपालो गरेर मजाक मजाकमै कर्णाली राजमार्गमा गाडी चलाईरहेका थिए । साँगुरो र मोड नै मोडको राजमार्गमा चालक र साँहुको लापरबाहीपूर्ण चलाईले यात्रुहरु आर्जित थिए । घाईते यात्रु कालिकोटका असोक बोकटी. भन्छन् ः ‘उनीहरुको चलाईले आफुहरुलाई बेलाबेलामा त्रशित बनाउथ्यो ।’ यात्रुहरु बोलेर पनि अर्थ थिए चालक र सहचालकको अगाडी ।

याे पनि पढ्नुहाेस् ।

भेल्तडी बस दुर्घटनामा मृत्यु भएका १० जनाकाे सनाखत

सम्झाउँदा यात्रुसंगै झोक्किथे । बस सहचालकले प्रेम सिहंले जव चालक प्रेम सुनारलाई गाडी सुम्पिए । केहीछिनमै तिव्र गतिमा गुडिरहेको बसतिर ध्यान चालकले दिएनन् । त्यसको परिमाण बस सडक छेउमै पुग्यो । टायर चिप्लियो । चालकले हातमा बस कन्ट्रोल नै भएन् ।

त्यसपछि चालक र सहचालकले हाम फाले । बस सडकदेखी झण्डै ६ सय मिटर तल खस्यो । दुर्घटनाका घाईते प्रत्यक्षदर्शी असोक बोकटीले भने, ‘दुर्घटना हुनलागेको थाहा भएपनि उछारै पाईएन् । गाडीसंगै लडीबुडी भईयो । भगवान् धन्न बाँचियो ।’

कन्चनपुर घरका भएका चालक र सहचालक सकुशल छन् । घटना लगत्तै राकमकर्णाली ईलाका प्रहरी कार्यालयले उनीहरुलाई हिरासतमा लिएको छ । दैलेख प्रहरी प्रवक्ता ऐकेन्द्र खड्काले तिव्र गतिमा चलेको गाडी नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको बताए । ‘नियन्त्रणमा लिन खोज्दा बस चिप्लियो ।’ प्रवक्ता खड्काले भने, त्यसको लगत्तै चालकले हाम फाल्यो अनि गाडी भिरबाट खस्यो ।’

कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना४ख २९९८ नम्वरको पवनद्रुत यातायातको यात्रुवहाक बस कर्णाली राजमार्गको आठविस नगरपालिका – ४ नयनमन्दिर नजिक दुर्घटना हुँदा ११ जना मृत्यु भएका छन् । स्थानीयले ११ जनाको शव निकालेका छन् । कर्णाली नदिबाट शव निकालिएकाहरुमध्ये ७ जना पुरुष, ३ जना महिला र १ जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दुर्घटना लगत्तै आफुहरु पुगेर उद्धारमा खटिएको स्थानीय खगेन्द्र शाहीले बताए । दुर्घटनामा १९ जना घाईते भएको जनाएको छ जसमा ११ जनाको अवस्था चिन्ताजनक रहेको दैलेख प्रहरी प्रवक्ता ऐकेन्द्र खड्काले बताए ।