☰ open Loading... 2 May 2024|  

विद्यार्थी नेता शाहीलाई निष्काशन गर्ने निर्णयको सात दलद्वारा विरोध
  | ३ असार २०७४, शनिबार १२:३९

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विद्यार्थी नेता अनिलबहादुर शाहीलाई निष्काशन गर्ने निर्णयको सुर्खेतका सात दलले विरोध जनाएका छन् । जायज माग सम्बोधन गर्नतर्फ ध्यान नदिई विश्वविद्यालयले मुल विषयलाई ओझेल पार्दै विषयान्तर गरेको भन्दै विरोध जनाएका हुन् ।

पाे पनि पढ्नुहाेस् ।

विद्यार्थी नेता शाहीलाई विश्वद्यालयबाट निष्काशन गर्ने निर्णय

मप विश्वविद्यालयका रजिष्टारकाे गाडी ताेडफाेड

शनिबार संयुक्त रुपमा हस्ताक्षर विज्ञप्ती जारी गर्दै यहाँका राजनीतिक दलहरुले जायज माग सम्बोधन गर्न छलफल वार्ता र सम्वादबाट टुंग्याउन माग समेत गरेका छन् । आम चासोको विषयमा आवाज उठाएका विद्यार्थीहरुलाई विश्वविद्यालयबाट निष्काशन गर्ने धम्की एवम् कारवाहीको अगाडी नबढाउन अपिल गर्दछौं’ संयुक्त विज्ञप्तीमा भनिएको छ,–‘यस्ता कार्यले समस्या समाधान नभई परिस्थित थप जटिल बन्ने भएकाले निर्णय तत्काल फिर्ता लिन आग्रह गर्दछौं ।’

विश्वविद्यालयको सम्वन्धन प्रदान गर्ने कार्यक्तम खारेजी लगायत ११ बुदे माग राखेका विद्यार्थीलाई आन्दोलन शान्तिपूर्ण बनाउन सात दलले अपिल गरेका छन् ।  संयुक्त विज्ञप्तीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमार्चा, नेपाल मजदुर किसान पार्टी, नेकपा (क्रान्तिकारी माओवादी) र विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले हस्ताक्षर गरेका छन् ।

यता, नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यासमितिका केन्द्रीय सह–महामन्त्री ईश्वरबहादुर विष्टद्वारा हस्तारक्षर विज्ञप्तीमा शाहीले निष्काशन गर्ने निर्णय तत्काल सच्याउन माग गरिएको छ ।