☰ open Loading... 19 April 2024|  

विश्वविद्यालयको सम्पर्क कार्यालयमा तालावन्दी, विद्यार्थी नेता शाहीलाई धम्की
  | ४ असार २०७४, आईतवार १८:००

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको काठमाडौंस्थित सम्पर्क कार्यलयमा पनि विद्यार्थीहरुले तालावन्दी गरेका छन् । नेपाल विद्यार्थी संघको केन्द्रीय पदाधिकारीहरुको सहभागीतामा सम्पर्क कार्यालयमा आइतबार तालावन्दी गरेका हुन् ।

याे पनि पढ्नुहाेस् ।

विद्यार्थी नेता शाहीलाई विश्वद्यालयबाट निष्काशन गर्ने निर्णय

विद्यार्थी नेता शाहीलाई निष्काशन गर्ने निर्णयको सात दलद्वारा विरोध

नेविसंघको केन्द्रीय टोलीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका आन्दोलनरत विद्यार्थीहरुले उठान गरेका ११ वुदे मागमप्रति समर्थन गर्दै विद्यार्थी नेता अनिलबहादुर शाहीलाई निष्काशन गर्ने निर्णय तत्काल सच्याउन माग गरेको छ । नेविसंघले विद्यार्थीले उठान गरेका जायज माग सम्बोन्धन गर्नुको सट्टा विश्वविद्यालयका पदाधिकारीहरुले एकलौटी विद्यार्थीलाई उत्तेजित बनाउने कार्यमा सक्रिय भएको आरोप लगाएको छ ।

तर मध्यपश्चिमाञ्चाल विश्वविद्यालयले काठमाडौंस्थित सम्पर्क कार्यालयमा ताला लागेको घटनालाई पुष्टी गरेको छैन् । यता, मध्यपश्चिमाञ्चल विश्वविद्यालयको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन राष्ट्रिय समितिले विज्ञप्ती जारी गर्दै छलफल र संवादबाट वार्ता गर्नुको सट्टा विश्वविद्यालयले एकलौटी तालावन्दी फोड्नुलाई गलत कार्य भएको उल्लेख गरेको छ ।

‘सहज रुपमा माग सम्बोन्धन नगरि विद्यार्थीलाई झन उत्तेजित बनाउन विश्वविद्यालयका पदाधिकारी लाग्नु आपत्तीजक कार्य हो’ विज्ञप्तीमा भनिएको छ । अनेरास्ववियू राष्ट्रिय कमिटी सुर्खेतका अध्यक्ष गगनसिंह ठकुरीद्वारा हस्ताक्षर विज्ञप्तीमा भनिएको छ,–‘विश्वविद्यालयकै विकास लागि विद्यार्थीले उठान गरेको माग विश्वविद्यालय पदाधिकारीलाई सुल्झाउन आग्रह गर्दछौं ।’

विश्वविद्यालयमा स्ववियू भएको अनुभूति गर्न नपाउनु अत्यन्तै निन्दनिय कार्य भएको ठहर गरेको अनेरास्ववियू राष्ट्रिय कमिटीले आन्दोलन गरेकै भरमा विद्यार्थीलाई निष्काशन गरेको निर्णयप्रति खेद प्रकट गरेको छ । साथै, सम्वाद, छलफल र वार्ताबाट नै समस्याको समाधान गर्न अनेरास्ववियू राष्ट्रिय कमिटीले माग गरेको छ ।

 शनिवार मात्रै सुर्खेतका सात दलले विश्वविद्यालयका आन्दोलनरत विद्यार्थीले उठान गरेको ११ बुदे माग सम्बोधन गर्न आग्रह गर्दै शाहीलाई निष्काशन गर्ने निर्णय फिर्ता लिन माग गरेका थिए ।

आइतबार विहान मात्रै आन्दोलनरत विभिन्न विद्यार्थी संगठनहरुले विश्वविद्यालयको शैक्षिक भवन अगाडी टायर बालेर ११ बुदे माग पूर भन्दै नारावाजी गरेका थिए ।

शाहीलाई धम्की

यता, नेविसंघका केन्द्रीय सदस्य तथा मप विश्वविद्यालयका विद्यार्थी अनिलबहादुर शाहीलाई ज्यान मार्ने धम्की आएको भन्दै सुरक्षाको माग गर्दै परिवारले उजूरी दर्ता गराएका छन् । शाहीका श्रीमती सिताकुमारी शाहीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले ‘अरेस्ट एण्ड डिस्ट्रोएड टू अनिल शाही’ अप्रेशन चलाएको उजूरीमा आरोप लगाएकी छन् ।

जिल्ला प्रशासन कार्यालयमा आफ्नो श्रीमानको ज्यान सुरक्षा गरिपाउँ भन्दै उजूरी दर्ता गराएको बताएकी सिताले श्रीमानको ज्यान तलमाथी केही भएमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. डा. उपेन्द्रकुमार कोइराला र रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लको संलग्नतामा प्रष्ट हुने उल्लेख गरेकी छन् ।

विश्वविद्यालयले कुनै धम्की दिएको छैन् : रजिष्ट्रार मल्ल

यसैविच, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार महेन्द्रकुमार मल्लले शाहीलाई आफूहरुले कुनै पनि धम्की नदिएको स्पष्ट पारे । पश्चिमनेपालसंग कुरा गर्दै रजिष्ट्रार मल्लले उपकुलपति र आफ्नो नाम जोडेकोमा आपत्ती समेत जनाए । कानूनी प्रक्रियामा विश्वविद्यालय गएको जायज भएको बताएका मल्लले विश्वविद्यालयबाट कसैलाई ज्यान मार्ने धम्की तथा गुण्डा परिचालन गरिएको भन्ने कुरामा सत्यता नभएको उल्लेख गरे ।