☰ open Loading... 18 November 2024|  

मप विश्वविद्यालय : राेकिएन संयुक्त विद्यार्थीको आन्दोलन
  | ५ असार २०७४, सोमबार १०:४५

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुले जारी राखेको आन्दोलन चर्किन थालेको छ । विभिन्न ११ वुदे माग राख्दै आन्दोलनमा उत्रिएका संयुक्त विद्यार्थी संघर्ष समितिले आन्दोलनका कार्यक्रमलाई थप सशक्त पार्दै गएको छ ।

पो पनि पढ्नुहोस् ।  विश्वविद्यालयको सम्पर्क कार्यालयमा तालावन्दी, विद्यार्थी नेता शाहीलाई धम्की

 

आइतबार विश्वविद्यालयको शैक्षिक भवन अगाडी टायर बालेर विरोध जनाएका विद्यार्थीहरुले सोमबार पनि कोण सभाको आयोजना गरेका छन् । शैक्षिक सुधारका लागि ११ वुदे माग राखेका संघर्षरहत विद्यार्थीहरुले नेविसंघका केन्द्रीय सदस्य अनिलबहादु शाहीलाई विश्वविद्यालयले निष्काशन गरेको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।

सोमबार विहान आन्दोलनरत संयुक्त विद्यार्थीहरुले ११ बुदे मागसंगै शाहीको निर्णय सच्याउन आग्रह गरेका छन् । विद्यार्थी नेताहरुले तत्काल माग सम्बोधन गर्नमा विश्वविद्यालय पदाधिकारी गम्भीर नभए आन्दोलन थप चर्काउने धम्की समेत दिएका छन् ।