सम्माननीय प्रधानमन्त्री एवंम सभापतिज्यु नमस्कार,
म सामान्य दुर्गम गाउँको एक परिवारको तथा नेपाली कांग्रेसको कार्यकर्ताको हैसीयतले नेपाली कांग्रेस युवापंक्तिको तर्फवाट आज सामाजिक संजालमार्फत भएपनी एउटा सानो खुला पत्र लेख्न बाध्य भएको छु । सम्माननीय प्रधानमन्त्रि तथा हाम्रो पार्टी नेपाली कांग्रेसका सभापतिज्युलाई यो पत्र झर्को नमानी समय मिलाएर पढिदिननु होला । यो पत्र आम नेपाली जनता तथा नेपाली कांग्रेसप्रति आस्थावान सबैले एकपटक पढन आग्रह गर्दछु ।
म लामो राजनीति इतिहास तपाईले गर्दै आएका राम्रा,नराम्रा पक्षलाई लामोरुपमा व्याख्या विश्लेषण र त्यसलाई अधिक मात्रामा त्यसलाई कोट्याउँन चाहान्न । नेपाली जनताले २०६२–६३ को जनआन्दोलन,नेपालको अन्तिम संबिधान २०६३ पछी नेपालको संबिधान बनाउँन तथा राष्ट्र अनि राष्ट्रियता, जनताको अधिकारमुखी संबिधान बनाउन नेपालमा पहिलो संबिधान सभाको मिती २०६४ साल चैत २८ गते तोकी यस निर्धारीत मितिमा निर्वाचन सम्पन्न भएको थियो ।
यस निर्वाचनमा भर्खरै शान्ति प्रक्रियामा आएको माओवादी पहिलो शक्तिका रुपमा स्थापीत भयो । हाम्रो पार्टी नेपाली कांग्रेस दोस्रो स्थान ल्याउँन सफल भयो । त्यसमा ४ बर्ष सम्म पनि हरप्रयास र त्याग,तपस्या गर्दा पनि त्यस व्यवस्थापिकाले संबिधान दिन सकेन । मुलुकमा दोस्रो संबिधान सभाको निर्वाचन मिति घोषणा भयो । २०७० साल मंसीर ४ गते दोस्रो संबिधान सभाको निर्वाचन सम्पन्न भयो ।
देश र जनताको लागी राष्ट्रियता,लोकतन्त्र,समाजवादलाई अंगाल्ने प्रजातन्त्रवादी शक्ति नेपाली कांग्रेसलाई जनताले अत्याधिक बहुमतका साथ पहिलो शक्ति बनाए । संबिधान निमार्ण गर्ने पुर्ण अधिकार र जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आयो । त्यसको नेतृत्व त्यागी एवंम सन्त नेता आदरणिय दाजु सुशिल कोईरालाले सम्हाल्नु भएको थियो ।
अनैतीक खेल तपाईले नखेलेको भए माओवादी, एमाले पार्टीले महिला राष्ट्रपति तथा सभामुख बनाउँने नयाँ ईतिहास कायम हुने थिएन । त्यो जिम्मेवारी नेपाली कांग्रेसले पुरा गर्न सक्ने अवसरवाट बंञ्चित भयो । त्यसपछी एमाले–माओवादी केन्द्र गठबन्धन सरकारले जे–जति गरेपनि नेपाली कांग्रेस–माओवादी गठबंन्धन गर्न आवश्यक थिएन ।
नेपाली कांग्रेसले वडो जिम्मेवारका साथ सबै राजनीतिक दललाई एक साथमा लिएर कांग्रेस नेतृत्वमा विश्वकै उत्कृष्ठ, जनमुखी, अधिकार सम्पन्न र ९० प्रतिशत भन्दा बढी जनप्रतिनीधिद्धारा हस्ताक्षर गरी २०७२ साल असोज ३ गते नेपालको संबिधान जारी भयो ।
नेपाली जनताले पटक पटक गरेको संघर्ष,त्याग,तपस्या तथा बलिदानीवाट प्राप्त नेपालको संबिधान जारी भैसकेपछी देशमा लोकतान्त्रिक गणतन्त्रात्मक शासनको सुरु भयो । सबै भन्दा बढी संबिधान कार्यान्वयनको जिम्मेवारी नेपाली जनता र दलको काँधमा आयो । देशमा आर्थिक सम्बृद्धि र संबिधान कार्यान्वयन मुख्य एजेण्डा भयो ।
त्यसपछी व्यवस्थापिका संसदमा राष्ट्रपति, उपराष्ट्रपति,प्रधानमन्त्रि,सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया सुरु भयो । त्यसपछी एमाले– माओवादी केन्द्रको गठबन्धनसंगै सरकारमा सबै दल जाने आग्रह गरीएको थियो । त्यसबेला देखी नेपाली कांग्रेस कमजोर बनाउँने रणनीतिहरु थालनी भैसकेका थिए । देशमा ठुलो र महत्वपूर्ण जिम्मेवारी पुरा गरेको पार्टीले प्रधानमन्त्रिको उम्मेदवार बनाउँने काम गलत थियो । त्यो जिम्मेवारी र निर्णय गर्ने पंक्तिमा तपाई हुनुहुन्थ्यो ।
प्रधानमन्त्री एवम् सभापतिज्यु,
त्यो अनैतीक खेल तपाईले नखेलेको भए माओवादी, एमाले पार्टीले महिला राष्ट्रपति तथा सभामुख बनाउँने नयाँ ईतिहास कायम हुने थिएन । त्यो जिम्मेवारी नेपाली कांग्रेसले पुरा गर्न सक्ने अवसरवाट बंञ्चित भयो । त्यसपछी एमाले–माओवादी केन्द्र गठबन्धन सरकारले जे–जति गरेपनि नेपाली कांग्रेस–माओवादी गठबंन्धन गर्न आवश्यक थिएन ।
त्यो गठबन्धन गर्न तपाईले ठुलो गल्ति गर्नुभयो । किन भने माओवादी जति जे गरेपनि यो मुलुकमा तेस्रो शक्तिका रुपमा स्थापित भएको छ र केही समय हुन सक्ने पनि देखिन्छ । नेपाली कांग्रेस माओवादी नेतृत्वको सरकारमा हुदा प्रधानन्यायधिशलाई महाभियोग लगाउँनु पर्ने कारण केही पनि थिएन ।
यदी त्यो कारण भए किन पुष्टी भएन ? त्यसमा निर्णय लिने जिम्मा कांग्रेसवाट तपाईको र माओवादीवाट प्रचण्डको पहलमा गर्न गल्ती भयो । त्यसपछी तपाई आईजिपी नियुक्ति प्रकरणमा पनि तपाई विवादमा मुछिनु भयो । त्यसले नेपाली कांग्रेसलाई कमजोर बनाउँने काम बाहेक अरु केही भएन । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले ठुला–ठुला आमसभा र प्रशिक्षण दिदै हिडीरहेको बेला कांग्रेस भने सुतिरहेको थियो ।
तपाईले नेतृत्व गरीरहदा कांग्रेसका प्रभावशाली कार्यक्रम आयोजना हुन सकेनन । एमाले पार्टींले मेचि–महाकाली अभियान चलाएर कांग्रेसका पक्षमा गलत प्रचार गर्दै हिडिरहेको बेला त्यसको प्रतिवाद नेपाली कांग्रेसले गर्न सकेन । अरु पार्टीले गाउँपाललिका, नगरपालिका, उप–महानगरपालिका, महानगरपालिका र प्रदेशको भुगोल बिभाजन गर्दा पनि नेपाली कांग्रेसले कुनै पनि ठाउँमा समिति बन्न सकेन, बन्यो त केवल काम चलाउँ मात्र ।
पार्टी भित्र कुनै पनि तरीकाले गुट उप–गुट,राम्रो ईमान्दार,सक्षम,जुझारु युवाशक्तिको खाँचो छ भन्ने पत्ता लगाई उम्मेदवार छनोट गर्न महत्वपूर्ण जिम्मेवारी बहन गर्न सक्नु भएन । त्यसपछी कुनै पनि प्रश्नको जवाफ जनता, आफना पार्टी कार्यकर्तालाई स्पष्टरुपमा नेपाली कांग्रेसको वारेमा बुझाउँन सक्नु भएन । स्थानीय तहको चुनावमा कुनै पनि शक्ति संग तालमेल गर्न आवश्यक थिएन ।
नेपाली कांग्रेसका नीति तथा कार्यक्रमको वारेमा जनतालाई बुझाउँन सकिएन । अरु पार्र्टीका कार्यकर्ता तथा नेताहरु काम कम गर्ने तर प्रचारबाजि बढी गर्दापनि नेपाली कांग्रेस चुप लागेर बस्यो ।नेपाली कांग्रेसलाई अरु पार्र्टीका नेताले गाली गर्दा र गलत प्रचार गर्दापनि त्यसको कडाँ जवाफ दिन सकेन ।
वास्तवमा नेपाली इतिहास देशमा भएका ठुला उपलब्धि र राणाशासनको अन्त्य,प्रजातन्त्र स्थापना गर्न महान सहिद र हाम्रा पार्र्टीका स्वर्गिय नेता बिपि कोईराला,सुवर्ण शम्शेर,गणेशमान सिंह,कृष्णप्रसाद भटराई,शैलजा आर्चाय,गिरीजाप्रसाद कोईराला,सुशिल कोईराला लगायतका अग्रज नेताले ल्याएको महान उपलब्धि कांग्रेसले जनतालाई बुझाउँन कुनैपनि बिधि तथा नीति कार्यक्रम बनाउँने काम भएन ।
पार्टी भित्र कुनै पनि तरीकाले गुट उप–गुट,राम्रो ईमान्दार,सक्षम,जुझारु युवाशक्तिको खाँचो छ भन्ने पत्ता लगाई उम्मेदवार छनोट गर्न महत्वपूर्ण जिम्मेवारी बहन गर्न सक्नु भएन । त्यसपछी कुनै पनि प्रश्नको जवाफ जनता, आफना पार्टी कार्यकर्तालाई स्पष्टरुपमा नेपाली कांग्रेसको वारेमा बुझाउँन सक्नु भएन । स्थानीय तहको चुनावमा कुनै पनि शक्ति संग तालमेल गर्न आवश्यक थिएन ।
कांग्रेस एक्लै चुनाव लडेर पनि पहिलो पार्र्टी बन्न सक्छ भन्ने हेक्का तपाईलाई थाहा भएर हो की नभएर हो ? त्यो काममा सहि निर्णय लिन सक्नु भएन । मुलुकमा ४ पटक प्रधानमन्त्रिको नेतृत्व गरीसकेको हुदा पनि जनताको लागी कुनै पनि उदाहरणीय काम तपाईले गर्न सक्नु भएन । हरेक काम र निर्णयमा स्पष्ट भिजन तपाईवाट देखिएन ।
उम्मेदवार छनोट प्रक्रियामा बिवादित हुदाँ पनि पार्र्टीकै बिरुद्ध वागी उम्मेदवार हुदा,तपाईकै गृह जिल्लामा ३ वटा स्थानीय तहमा कांग्रेसले पराजय भोग्नु पर्यो । अन्य कुनैपनि पार्र्टीवाट प्रवेश गरेका व्यक्तिलाई उचित संरक्षण र जिम्मेवारी दिन सक्नु भएको छैन । पार्र्टीको केन्द्रिय समितीले अहिलेसम्म पूर्णता पाउँन सकेको छैन । कांग्रेसको पुरानो व्यवहार अघिपछी सुत्ने र चुनावका बेला बिउँझिने पद्धती वर्तमान समयमा पार्र्टीका लागी धेरै घातक भएको छ ।
एमालेले मेचि–महाकाली अभियानमा संचालन गरिरहेको बेला हाम्रो पक्षमा भएका जनता बटुलेर आफनो पक्षमा बहुमत कायम गरेको छ । नेपालको संबिधानमा भएका अधिकार र स्थानीय सरकारको वारेमा प्रष्टरुपमा स्थानीय स्तरका नेता कार्यकर्तालाई बुझाउँन पनि नसक्नु एक कमजोरी रहन गयो । किन भने एक पटक निर्वाचित भएका जनप्रतिनिधि ५ बर्ष सम्म स्थानीय सत्ताको वागडोर चलाउँने र त्यहाँ आफनो पार्र्टीको राम्रो छाप पार्दछन । त्यो कुरा हाम्रो पार्र्टी नेपाली कांग्रेसले बुझाउँन सकेन । समाजमा अरु पार्र्टीले फैलाएका भ्रम र झुटको खेती गरीरहेका बेला त्यसको वारेमा प्रतिवाद गर्न सक्नु पथ्र्यो ।
त्यसकारण हाल सम्पन्न ६ वटा प्रदेशमा भएको निर्वाचनमा कांग्रेसले सोचेजति बहुमत नआउँने संकेत देखिन्छ । अरु अब निर्वाचन हुन बाकी स्थानीय तहमा हाम्रो जित हुन कठीन छ । देशमा दिगो शान्ति र आमुल परिवर्तन स्थापना गर्न हामीले वडा देखी केन्द्रसम्म संगठन बिस्तार गर्न अति आवश्यक छ । नेपाली कांग्रेसका वारेमा छरिएका भ्रमहरु चिर्ने पहिलो जिम्मेवारी तपाईको काँधमा रहेको छ ।
अन्तमाः हाम्रो महान प्रजातान्त्रिक पार्र्टी नेपाली कांग्रेस अहिलेको निर्वाचनमा जे भएपनि अब हुने प्रादेशिक र संघिय निर्वाचनमा बहुमत ल्याउँन र समग्र पार्र्टीलाई बलियो बनाउँन नयाँ नीति तथा कार्यक्रम ल्याई जनतालाई कांग्रेस के गर्दै छ ? राष्ट्रप्रतिको माया, विकास निमार्ण र अन्य कार्यक्रम कसरी ल्याउँदै छ भनेर ठुलो जिम्मेवारीका साथ कार्यकर्तालाई खटाउँनु पर्दछ ।
एमाले पार्टीकाे राष्ट्रवादको नारा र विकास निर्माणका बारेमा छारिएका भ्रमवारे जनतालाई प्रष्टरुपमा बुझाउँन आवश्यक छ । त्यसकारण तपाई पार्टीकाे सभापतिको हैसियतले सिङगो पार्टीलाई बलियो बनाउँन यहाँको महत्वपूर्ण भूमिका रहोस भन्ने कामना गर्दछु ।
धन्यवाद,
जय नेपाल ।
प्रेषकः पारस बिक्रम केसी,
शिवालय गाउँपालिका, जाजरकोट