☰ open Loading... 19 April 2024|  

सुर्खेतमा रेडपाण्डा र चितुवाकाे छालासहित तीन पक्राउ (भिडियाेसहित)
  | २० असार २०७४, मंगलवार १८:५५

सुर्खेत । प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डा र चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले दुर्लभ रेडपाण्डा २ र चितुवाको छाला २, हड्डीसहित मंगलबार वीरेन्द्रनगरको एरिचौकबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कालिकोट महाबु ३ का ३८ वर्षीय दीपक सिंह, खाडाचक्र नगरपालिका ३ का २४ वर्षीय रमित मल्ल र दैलेख नारायण नगरपालिका ११ का ३५ बलबहादुर सिंह रहेका छन् । पक्राउ परेकालाई जिल्ला वन कार्यालयलाई बुझाउने जिल्ला प्रहरी प्रमुख (एसपी) मोहन आचार्यले जानकारी दिए ।