☰ open Loading... 12 January 2025|  

समृद्धिका लागी बलियो राजनितिक शक्ति
  | २१ असार २०७४, बुधबार ११:१९

नयाँ शक्ति पाटी नेपाल मेरो बुझाईमा वर्तमानको राजनिती परिपाटी संरचना, प्रकृति र संस्कारको विकल्प हो भन्ने मलाइ लाग्छ त्यसैले यस पाटीलाई मैले वैकल्पिक राजनिती शतिm भन्ने गरेको छु । एकातिर संविधानत, हेर्दा लोकतन्त्रका सबै अङग र रित पुगेको देखिएता पनि पुराना दलहरुले अभ्यासमा पुर्णता दिएको पाइदैन, जुन ढङगले जनताको आकाङक्षालाइ सम्बोधन गर्नु पर्ने थियो त्यो गर्न सकेको देखिदैन जनतालाई सशक्त ढङगले सहभागी बनाएर राज्य संच्चालन गरेका छैनन, लोकतान्त्रिक परिपाटीमा कानुनी व्यवस्था र प्राबधान हुदैमा अर्थात लोकतान्त्रिक इन्स्टच्युसनहरु हुदैमा लोकतान्त्रिक अभ्यास पुर्ण रुपमा हुन्छ भन्न सकिदैन जबसम्म संस्कार, ब्यवहार, आचारणले सपोर्ट गरिदैन तबसम्म लोकतान्त्रिक अवस्थाले राम्ररी काम गर्न सक्दैन ।

विश्वका कति पय देशहरु यस्ता छन कि संविधान र कानुनमा राम्रो हुदा हुदैमा पनि जनताको जिबनमा परिवर्तन 8 भने हुन सकेन त्ययवहारमा अझै पनि गरिबी, बेरोजगारी, पछौटेपन बिधमान छन, हाम्रो देशमा पनि त्यस्तै अवस्थाले ब्यापक रुप लिएको छ । २०४६ सालको परिवर्तन पछि हाम्रा नेताहरुले बेस्ट मिनिस्टर मोडेोलन भए गणतन्त्र %Aथालाइ अनुसरण तथा अवलम्बन गरे विधिको शासन, मानव अधिकार, स्वतन्त्र न्यायपालिका बिकेन्द्रिकरण लगाएतका सामान्यतय भए मुलत, धेरै ठुला संरचनात्मक परिवर्तन भने हुन सकेन त्यसकारण पनि जनताका आशा र आकाङक्षा पुरा हुन सकेका छैनन । परिणामत, विभिन्न आन्दोलनहरु भए माओवादीले सशस्त्र संङघर्ष ग¥यो ।

२०६२।०६३ मा राजतन्त्रको उन्मुलन गर्ने आन्दोलन भए गणतन्त्र स्थापना भयो । २०७२ सालमा गणतान्त्रिक संविधान पनि जारी गर्ने क्रममा जनता ठुलो संख्याले संसदिय व्यवस्थाको विकल्प खोज्नुपर्छ भनेर सुझाव दिए । नेपाली राजनितीमा अस्थिरताको कारण बनेको त्यहि व्यवस्था निरन्तरता दिइयो । राजनितीक दलहरुको यो ठुलो गल्ति हो । जनताको इच्छा र देशको आवश्यकता विरुद्ध संसदिय व्यवस्थालाई लाद्ने काम भयो ।

हाम्रो कन्टेस्टमा संसदिय व्यवस्थाको अभ्यास यहाँको राजनितीक सस्कार सस्कृतिमा उपयुक्त हुन सकेन । दलहरुको आन्तरिक संरचना र आचरण पूर्ण लोकतान्त्रिककरण नभएकाले पनि हुन सक्छ कि त्यो व्यवस्थाले राम्रो काम गर्न सकेन । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा कार्यकारी सरकार प्रमुख हुनुपर्छ भन्ने जनताको ठुलो आवाजलाई वास्ता गरिएन । ठुला राजनैतीक दलहरुको स्वार्थ पुर्तिका कारण २०४६ सालपछिको राजनितिक अस्थिरताको उपकरण दोहोरियो त्यहि अस्थिरता र सत्ताको खेल राजनितिक मोलतोलको अवस्था दोहोरियो ।

यसले मुलुकलाई अगाडी बढाउन सक्ने स्थिती छैन् । यसैको विकल्पमा नयाँ शक्ति पाटी नेपालले अहिलेको राजनितिक संस्कार र संस्कृतिको विकल्प दिन खोजेको छ, राजनितिक स्थिरता र दरिलो नेतृत्वको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्टपतिय प्रणालीको प्रस्ताव गरेको हो भन्ने मेरो बुझाई छ । नयाँ शक्तिले असल, शासन, सहभागिता तथा जवाफदेहिता, पारदर्शिता जस्ता गहन विषयमा टेकेर मुलुकलाई अगाडी बढाउनु पर्छ । भनेको छ ।

मुलुक आज गरिब र जर्जर अवस्थामा छ । लोकतन्त्रको अभ्यासलाई आर्थिक सम्वृद्धिले टेको दिनु पर्दछ । इकोनोमिक फाउडेशन नभएको लोकतन्त्र चाहि फ्रेजाइल हुन सक्छ । आर्थिक पछ्यौटेपन, न्यून रोजगारी र गरिबीको अन्त्यका लागि आर्थिक विकास तथा राज्य र समाजका लोकतान्त्रिककरणको एजेण्डालाई संगसगै लिएर जाने दृष्टीकोण सहित नयाँ शक्ति पाटी नेपालको स्थापना गरिएको हो । यो कुनै कुनै पाटी र नेताको विकल्प नभई समग्र परिपाटीको विकल्प हो, लोकतन्त्रको नाममा झागिएको अलोकतान्त्रिक संस्कार, संस्कृति र विकाससको नाममा भएको विनासको विकल्पमा नयाँ शक्ति पाटीको जन्म भएको भन्ने लाग्छ ।

अनेकौ. चुनौतिहरुको सामाना गदै सबैको सहभागिता र सहयोग जुटाएर हामी अगाडी बढ्नुपर्छ । विगतका पुराना दलहरुले आफ्नो दस्ताबेज र भाषणमा धेरै राम्रा कुरा गरे तर व्यवहारमा गरेर देखाउन सकेनन । विगतका सरकारका योजना र कार्यक्रममा आर्थिक विकास सामाजिक रुपान्तरणका विषयलाई उठाएको र जोड पनि लिइएको पाइन्छ ।

दलका नेताहरुको आचारण र व्यवहार ठिक नहुदा योजना र कार्यक्रमको कार्यान्वयन हुन सकेन । बोली र व्यवहारमा एकरुपता कायम गरेर नयाँ शक्ति पाटी नेपालले विकल्प दिन सक्ने आधार देखिन्छ । त्यसका लागि आगामी केन्द्र र प्रदेशको निर्वाचनमा श्रेष्ठता हासिल गर्ने गरी अगाडी बढ्नु पर्छ । भर्खरै स्थापना भएको पाटी भएकाले गाउँ टोल तहसम्म संगठन विस्तार र एजेण्डाको इन्सिच्युसनलाइजेशन भई नसकेको अवस्था भएकाले द्रुरुत गतिमा अगाडी बढ्नु पर्दछ ।

नयाँ शक्ति एउटा दरो राजनितिक शक्ति बन्नेमा बौद्धिक वर्ग देखि राजनितीक रुपमा सचेत वर्ग विश्वस्त छन् । दुर दराजमा रहका जनताको विचमा नयाँ शक्तिको अभिष्ट र लक्ष्यलाई छोटो समयमा प्रष्टयाउनु पर्छ । मेरो दृष्टिकोणमा स्थानीय तहमा चाडै पु¥याएर जनतालाई संगठित गर्नुपर्छ । म्याक्रो लेभलबाट तिब्र गतिमा म्याक्रो लेभलबाट पार्टीको गतिविभी पु¥याउनु पर्छ ।

पाटी गतिविधी जनताको सरोकारवाला संग चाडै जोडिनु पर्छ । र जनताले पनि आत्मसम्मान दर्शनलाई छिटै बुझ्नु पर्दछ । नयाँ शक्ति प्रपतको आकर्षणमा र विकर्षणमा प्रणिनत हुन सक्ने खतराबाट पाटी र पाटीका अभिनता सचेत हुनुपर्दछ । विकाश निर्माण लोकतान्त्रिककरण र सामाजिक न्याय मार्फत पाटी जनताको विचमा पुग्नु पर्दछ ।

नयाँ शक्ति पाटी नेपालका आर्दशहरु राम्रो भएकाले मुलुक सापक्ष भएकाले यी आर्दशहरुलाई कार्यान्वयनमा लैजान सकिन्छ । कि भनेर अभियानमा लागेको म एक अभियानता हु । मुलुकलाई अगाडी बढाउनु पर्छ भन्ने सम्वन्धमा केहि दृष्टिकोणहरु छन् । पाटीको आर्दश र मेरो लोकतान्त्रिक दृष्टिकोण विच समानता भएकाले म यो पाटी निर्माणमा क्रियाशिल छु, मुलुकलाई आर्थिक सामाजिक रुपमा योगदान पु¥याउन सक्ने युवाहरु आज विदेश पलायन हुने अवस्था देखिएको छ ।

२५, ३० प्रतिशत जनता विशेषत उर्जाशिल युवाहरु विदेशमा छन् । अवसर नपाएर कुनै सम्भावना नदेखिएर तिनीहरु विदेशमा श्रम बेचिरहेका छन् । यो भन्दा दुख लाग्दो कुरा मुलुकमा केहि पनि हुन सक्दैन । हाम्रो देशको सरकार चलाउने नेता र नोकर शाहहरुलाई लाज लाग्नु पर्ने हो ।

देश भित्र भविष्य नदेखेर आफ्नो ज्युउ ज्यान जोखिममा पारेर विदेश पलायन हुनुपर्ने स्थिती भनेको लज्जाको विषय हो मुलुकको अवस्थाले सिर्जना गरेको विवशतालाई अन्त्य गर्नको लागि सम्पूर्ण युवा बेरोजगार शक्तिलाई एकजुट भई नयाँ शक्ति पार्टी नेपाललाई सर्मथन गर्न अनुरोध गर्दछु । तपाईहरुको रगत र पसिनामा ठुलो खेलाची भइरहेको छ वर्तमान गलत प्रवृति र परिपाटीलाई बदलौ यसका लागि तपाईहरु नयाँँ शक्तिमा संगठित हुनुहोस र आफ्नो भविष्यका लागि प्रयत्न गर्नुहोस । विकाश र समृद्धिको लागि नयाँ शक्तिलाई सहयोग गरौं ।

धन्यवाद ।
बिबिएम केपपस सदस्य
नयाँ शक्ति नेपाल