☰ open Loading... 18 November 2024|  

दैलेखमा दुई हेलिकप्टर आकस्मिक अवतरण
  | २५ असार २०७४, आईतवार १६:४७

सुर्खेत । मौसममा आएको खवारीले दैलेखमा दुई वटा हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ । विहानैदेखि पश्चिमी क्षेत्रको मौसममा खरावी आएपछि दुईवटा हेलिकप्टर माथिल्लो डुङ्गेश्वर र तल्लो डुङ्गेश्वरमा आकस्मिक अवतरण गरिएको हो ।

हुम्ला सदरमुकाम सीमिकोटबाट नेपालगञ्ज उडान भरेको डाईनेस्टिक हेलिकप्टर माथिल्लो डुङ्गेश्वर र कालिकोटबाट नेपालगञ्ज उडान भरेको माउण्टेन हेलिकप्टर तल्लो डुङ्गेश्वरमा अवतरण भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक यकेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार दैलेखमा अवतरण भएका दुवै हेलिकप्टर सकुशल अवतरण गरिएको छ ।

तर माथिल्लो डुंगेश्वरमा अवतरण गरिएको हेलिकप्टरमा हवाइ इन्धन कम भएको र सुर्खेतबाट मगाइएको बताइएको छ । दैलेखमा भारी वर्षा भइरहेकाले हेलिकप्टर उड्न नसकेको खड्काले बताए । उनले तल्लोडुंगेश्वरमा अवतरण गरिएको हेलिकप्टर एक पटक उडान गर्न खोज्दा मौसममा फेरी खरावी आएपछि अवतरण गरिएको जानकारी दिए ।