सुर्खेत । दैलेख चाुमण्डा विन्द्रासैनीका दिपेन्द्र शाही काम विशेषले आफ्नै मोटरसाइकलमा कालीकोट जान भनेर हिडें । उनी कर्णाली सडकखण्डको रामघाट पुग्नेबेलामा ठुलो पानी प¥यो । वर्षातको समय भएकाले उनी त्यहाँ ओत लागे । पानी पर्न कम भएपछि उनी गन्तव्य तर्फ लम्के तर कुमाल खोला नजिक पुग्दा उनले झण्डै २ घण्टा रोकिनुप¥यो । कारण खोलामा भेल आएको थियो । भेललाई तर्ने साहस उनमा आएन । उनले भने, ‘त्यो दिन म कालीकोट पुग्नै सकिनँ ।’ उनले भने ‘खोलामा पुल बनेको भए म समयमै गन्तव्यमा पुग्थेँ तर खतरा मोलेर जानै मन लागेन ।’
कालीकोटबाट सुर्खेत आउन लागेका राजेश विकले सोही दिन सुर्खेत गोष्ठीमा सहभागी हुन आइपुग्नै पर्ने थियो । उनी कालीकोटको एक एनजीओमा काम गर्छन तर जाक्सी खोलामा आएको भेलका कारण उनले पनि त्यतै बास बस्नुपर्ने अवस्था आयो । उनी भोलीपल्ट मात्रै सुर्खेत आइपुगे ।
सोही राजमार्गमा विगत ७ वर्षदेखि बस चलाइरहेका ड्राइभर सुनिल शाहीका अनुसार यी खोलामा मात्रै बसका पट्टा दर्जन भन्दा बढी पटक भाँतिएको दुखेसो पोखे । सरकारले विशेष ध्यान दिएको भनेतापनि सडकको अवसथा दिन प्रतिदिन खस्कदै गएको उनको भनाई छ ।
आठबीस नगरपालिका दैलेखका प्रमुख खड्गराज उपाध्यायले यो बारेमा नगरले सरकारको ध्यानाकर्षण गराउने बताए । आफ्नो अधिकार क्षेत्र भित्र नपर्ने भएकाले राजमार्गको स्तरोन्नतीका लागि दबाब दिने जानकारी दिए ।
कर्णाली राजमार्गमा यात्रा गर्ने अधिकांश सवारी चालक र यात्रुहरुले भगवान भरोसामै यात्रा गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । राजमार्गको दहिखोला देखि सुर्खेत सडकखण्ड अन्तरगत अहिले ३ ओटा खोलामा यात्रा गर्दासावधानी अपनाउनुपर्ने बाध्यता छ । जाक्सी खोला, गोठ खोला र कुमाले खोलामा पुल अहिलेसम्म बनेको छैन ।
राकम कर्णालीको कानेगाड र जाक्सी खोलामा बनाइएको पुल खोलामा आएको बाढीले केहि वर्ष अगाडी बगाएको थियो । कानेगाडमा बेलिव्रिज राखिएतापनि जाक्सी खोलामा पुल बनाउने ठेकेदार बीचमा भागेकाले पुल निर्माण कार्य अलपत्र परेको तर सडक डिभिजनले समयमै पुल नबनाएको भनेर कारवाही गर्ने बताएपछि भने ठेकेदार कम्पनी सम्पर्कमा आएको थियो ।
दुइ पुलको ठेका, जाक्सीमा माघ सम्म पुल बन्ने
डिभिजन सडक कार्यालय सुर्खेतका प्रमुख बेलप्रसाद भुजेलले जाक्सी खोलामा आगाम िमाघ महिना भित्रै पुल निर्माण भइसक्ने दाबी गरे । ठेकेदारले सामानहरु सबै ल्याइसकेको तर वर्षातका कारण पुल बनाउन नसकिएको उनले बताए । जाक्सी खोलाबाहेक केहि हप्ता अघिमात्र गोठे खोला र कुमाले खोलाको पुल निर्माणका लागि कार्यालयले ठेका सम्झौता गरेको उनको भनाई छ ।
गोठे खोलाको पुल आगामी २ वर्षभित्र रोसन श्याम एण्ड शंकर कम्पनीले भ्याटसहित २करोड ५० लाखमा बनाउने भएको छ भने कुमाल खोला पुल ३ करोड बढी (भ्याट सहित) रकममा नेपाल मेगा विल्डरले बनाउने गरी ठेकापट्टा सम्पनन भएको छ । यसअघि यी दुवै पुल निर्माण गर्ने ठेका पाएका ठेकेदार भागेका र उनीहरुलाई कालोसूचीमा राखेको कार्यालयका लेखा अधिकृत जगत शाहले जानकारी दिए ।
चालु आवमा सडकको स्तरोन्नती गरिने
कार्यालय प्रमुख भुजेलले आर्थिक वर्ष २०७४÷०७५ मा कर्णाली राजमार्गको स्तरोन्नती गरिने जानकारी दिए । सडकलाई चौडा गर्नुुका साथै विभागले सडक खण्डका मुख्य बजारमा कालोपत्रे गर्ने योजना बनाएको छ । दैलेख सडक खण्डको टिमिले खोला दे्खि डुगेंश्वरबीचको ५ किलोमिटर सडकखण्ड अझैपनि कालोपत्रे गर्न नसकिएको उनको भनाई थियो ।
सडक निर्माण गर्ने कम्पनीले त्यसक्षेत्रमा माटो खसिरहने भएकाले कालोपत्रे गर्न नसकिएको उनको भनाई थियो । अब त्यसक्षेत्रमा कालोपत्रे गर्नेबारे विश्व बैंकको आरएसडिपिले अध्ययन गर्दै गरेको भन्दै प्रमुख भुजेलले आगामी मंसिरसम्म सो ठाँउमा पनि कालोपत्रे भइसक्ने जानकारी दिए ।
अतिक्रमण हटाउन सूचना जारी गरिने
नयाँ आवमा सडक छेउमा रहेका घर, पसल तथा टहरालाई हटाउन सूचना जारी गरिने भएको छ । सडक डिभिजन कार्यालय सुखेृतका अनुसार सडकको मुआव्जा नपाएकाहरुको हकमा विभागले सुचना निकालेर जग्गाकोबारेमा तथ्याकं संकलन गर्नेछ भने नापी कार्यालय र स्थानीय तहसँग मिले मुआव्जा वितरण गर्नेछ ।
कर्णाली राजमार्गको १५ मिटर दाँया बाँयाका हकमा मात्रै यो प्रावधान लागु हुने कार्यालयले जनाएको छ । अतिक्रमण हटाउने र मुआव्जा वितरण गर्ने कार्य आगामी आर्थिक वर्षमा शुरु हुनसक्ने सम्भावना रहेको बताइएको छ । कार्यालयका अनुसार छिन्चु–जाजरकोट सडक खण्ड, देलेख–सुर्खेत सडक खण्ड र कर्णाली राजमार्गको दहिखोलासम्मको सडक खण्डका लागि नयाँ नीति बनाउन पहल भइरहेको छ । उक्त नीति बनेको खण्डमा सडक थप व्यवसिथत बन्दे जाने अपेक्षा कायाृलयको छ ।
(लेखक थापा सुर्खेतबाट प्रकाशीत हुने स्काइ न्यूजका सम्वाददाता हुन् ।)