| २५ असार २०७४, आईतवार २०:४२
सुर्खेत । नेपाल औषधि व्यवसायी संघ सुर्खेतको अध्यक्षमा प्रेमबहादुर भण्डारी चयन भएका छन् । संघका आइतवार वीरेन्द्रनगरमा सम्पन्न प्रथम वार्षिक साधारणसभा तथा जिल्ला अधिवेशनले भण्डारीको अध्यक्षतामा सर्वसम्मत ९ं सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिका उपाध्यक्षमा पदम केसी, महासचिवमा रणबहादुर खड्का, सचिवमा देवराज भारती, कोषाध्यक्षमा गोमाकुमारी नेपाली र सहकोषाध्यक्षमा जयपाल शाही चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा रमेशबहादुर शाही, बालकुमारी रखाल र पूर्णबहादुर राना मगर चयन भएको निर्वाचन अधिकृत नन्दबहादुर भण्डारीले जानकारी दिए । साधारणसभा संघका अध्यक्ष किशोरकुमार रावलको अध्यक्षता तथा संघको भेरी अञ्चल समिति अध्यक्ष अभयकुमार बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।