☰ open Loading... 3 May 2024|  

साझा बिसौनीकाे ‘साझा वर्ष व्यक्ति सम्मान’ मोहनदास गुरुङले पाए
  | २९ असार २०७४, बिहीबार १७:३९

सुर्खेतबाट प्रकाशित भइरहेको साझा बिसौनी दैनिक सातौं वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा विहीवार वीरेन्द्रनगरमा एक समारोहको आयोजना गरी सातौं वार्षिकोत्सव मनाइएको छ । कार्यक्रमका सहभागीहरूले पत्रिकालाई नामजस्तै सबैको साझा बन्न सुझाव दिएका छन् ।

कसैको पक्ष र कसैको विपक्षमा नलागी सधैं सत्यको पक्षमा सामग्रीहरू प्रकाशन गर्न उनीहरूको आग्रह थियो । सुर्खेतबाट प्रकाशित भइरहेको साझा बिसौनी दैनिक सातौं वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा विहीवार वीरेन्द्रनगरमा एक समारोहको आयोजना गरी सातौं वार्षिकोत्सव मनाइएको छ ।

कार्यक्रमका सहभागीहरूले पत्रिकालाई नामजस्तै सबैको साझा बन्न सुझाव दिएका छन् । कसैको पक्ष र कसैको विपक्षमा नलागी सधैं सत्यको पक्षमा सामग्रीहरू प्रकाशन गर्न उनीहरूको आग्रह थियो । कार्यक्रमका प्रमुख अतिथि एवम् वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले स्थानीय तहका जनप्रतिनिधिहरुलाई मार्गनिर्देश गर्न र जनताको आवाज बन्न साझा बिसौनी दैनिकलाई शुभकामना दिए ।

उनले साझा बिसौनी प्रदेश नम्बर ६ को प्रमुख पत्रिकाको रुपमा स्थापित भएको भन्दै आगामी दिनमा थप स्तरीय बनाउँदै अघि बढ्न सुझाव दिए ।नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारतीले पत्रिकाले सूचना र समाचार सम्प्रेषणका साथै सामाजिक उत्तरदायित्व बहन गर्न गरेको प्रयासहरु प्रशसनीय भएको धारणा राखे ।

यसैबीच साझा बिसौनी दैनिकले हरेक वर्ष प्रदान गर्ने साझा वर्ष व्यक्ति सम्मान–२०७३ बाट मोहनदास गुरुङ सम्मानीत भएका छन् । यस दैनिकको सातौं वार्षिकोत्सवका अवसरमा विहीवार नवजीवन बाल संरक्षण केन्द्र सुर्खेतका सञ्चालक गुरुङलाई साझा वर्ष व्यक्ति सम्मानबाट सम्मानीत गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले दोसल्ला ओढाउनुका साथै नगद पाँच हजार रुपैयाँ र कदम पत्रद्धारा उनलाई सम्मान गरेका हुन् । गुरुङले नवजीवन बाल संरक्षण केन्द्रको स्थापना गरी जोखिममा परेका र अभिभावक गुमाएका बालबालिकाहरुलाई संरक्षण दिएका छन् ।

उनीहरुलाई केन्द्रमा संरक्षण दिनुका साथै शिक्षा प्रदानमा समेत उनले सहयोग पु¥याउँदै आएका छन् । साझा वर्ष व्यक्ति सम्मानबाट सम्मानीत भएपछि गुरुङले यो सम्मानले आफूलाई थप हौसला र उत्प्रेरणा मिलेको बताए ।   सोही कार्यक्रममा वार्षिकोत्सवको अवसर पारेर साझा बिसौनी दैनिकले उत्कृष्ट कर्मचारी पुरस्कार पत्रिकाका बजार व्यवस्थापक भगिराम पाण्डे, उत्कृष्ट ग्राहक पुरस्कार हरियाली सञ्चार केन्द्रका सञ्चालक बस्नत सिग्देल, उत्कृष्ट लेखक पुरस्कार हरि घिमिरे र उत्कृष्ट विज्ञापनदाता पुरस्कार साउथ एसियन स्कलार्स एकेडेमीलाई प्रदान गरेको छ । कार्यक्रम साझा बिसौनी दैनिकका प्रकाशक गोपी अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो ।