जुम्ला । निर्वाचित वडा अध्यक्षहरुले योजना बाँडफडमा पक्षपात भएको भन्दै कर्णालीको् पहिलो नगरपालिका चन्दननाथ नगरपालिकाको पहिलो नगर सभा बहिस्कार गरेका छन । नगर प्रमुख कान्तिका सेजुवालले बजेट प्रस्तुत गर्दै गर्दा बजेट विनियोजित तथा योजना बाडँफाँड पक्षपात भएको भन्दै नगर सभा बहिष्कार गरेका हुन ।
नगर सभाबाट चन्दननाथ नगरपालिका ५ नम्बरमा कर्णाली रोजगारको कार्यक्रम र अन्य योजना बाँडफाँडमा पक्षपात भएकोले ४ जना वडा सदस्यको तर्फबाट प्रतिनिधित्व गर्दे ५ नम्बर वडाका निर्वाचति वडा अध्यक्ष गोल्डेन कठायतले सभा वहिष्कार गरेका छन् ।
त्यस्तै शुन्य समयमा बोल्दै वडा नम्बर ८ का वडाध्यक्ष नरजित दमाइले नगरपालिका भित्रका नागरिक अहिले पनि बत्तिमुनिको अध्याँरोमा बस्न बाध्य भएको उहाँले अवगत गराउदै ८ र ९ नम्बर वडामा विद्युतको ठोस निर्णय गर्न सभाको ध्यानकर्षण समेत गराए । शुन्य समयका बेला धारणा राख्ने अधिकांश वडाध्यक्ष र वडासदस्यहरुले योजना विनियोजनमा पक्षपात भएको आरोप लगाएका छन् । आवश्यकताका आधारमा
योजना बाँडफाँड हुनु पर्नेमा पहुँचहुनेहरुको हालीमुहाली भएको समेत आरोप छ । चन्दननाथ नगरपालिकाका कुनै पनि वडामा आबश्यकता तथा मागको आधारमा योजना छनौट नभएको भन्दै छनौट भएका ठाँउमा प्रयाप्त बजेट विनियोजित नभएको वडा अध्यक्षहरुको गुनासो छ ।
उनीहरूले योजना तथा बजेट विनियोजनको बजेट सिट हेर्दा जनतालाई दिएका आश्वासन पुरा गर्न हम्य हम्य हुने बताएका छन् । तर यता विद्युत तथा सडकलाई प्रथामिकतलाई पहिलो नगर सभाबाट नगरपालिकाले झण्डै ३० करोड ९१ लाख ४८ हजार बराबरको बजेट नगर प्रमुख कान्तिका सेजुवालले प्रस्तुत गरेकी छन् ।