वीरेन्द्रनगरको बजेट साढे ६५ करोड
सुर्खेत । सुर्खेतको सदरमुकाम वीरेन्द्रनगर प्रदेश नम्बर ६ को निर्विकल्प राजधानी हो । अन्य नगरपालिकाका र गाउँपालिकाहरुको तुलनामा वीरेन्द्रनगर नगरपालिकाले प्रदेश राजधानीलाई टेवा पुग्ने खालका नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ । वीरेन्द्रनगर नगरपालिकाको प्रथम नगर सभाले पर्यटन प्रवद्र्धनदेखि वडास्तरिय क्षेत्रगत पूर्वाधारका योजनाहरुलाई प्राथमिकतामा राखेको छ ।
नगरपालिकाले विगतमा वर्षमा कछुवा गतिमा गर्दै आएको विकास निर्माणको कामले जनप्रतिनीधिले रफ्तारमा अगाडी बढाउछन् भन्ने जनअपेक्षा अनुसारका नीति तथा कार्यक्रमहरु नगर सभाले पारित गरेका छ । झण्डै २४५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको नगरपालिकाले सवै वडाका आवश्यकता अनुसारका योजनाहरु अघि बढाएको छ ।
कर्णाली अञ्चलका जिल्लासहित अन्य जिल्लाका नागरिकहरुको मुख्य बसोवास्थल रहेको वीरेन्द्रगरमा ०६८ सालको जनगणना अनुसार एक लाख ४५८ जनसंख्या छ । तर नगर सभाले पनि सवै नागरिकहरुलाई विकासको अनुभूति गर्ने खालका योजनाहरु सार्वजनिक गरेको छ ।
वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकाल आर्थिक वर्ष २०७४÷०७५ का लागि नगरपालिकाको विकास लागि कुल ६५ करोड ५४ लाख तीन हजारको बजेट वक्तव्य सार्वजनिक गरेकी छन् । नगरपालिकाले विगतका वर्षमा छुट्टाउने बजेटभन्दा जनप्रतिद्वारा आयोजित सभाले पारित गरेको बजेट दुई गुणाले बढी हो ।
उप–प्रमुख ढकालले आर्थिकतर्फ वैकल्पीक विमानस्थल र औद्योगिक क्षेत्रको निर्माणमा पहल गर्ने, वडालाई आर्थिक विकासका लागि बकेट क्षेत्रमा विकास गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरिन् । नगरपालिकाले १६ वडाकै क्षेत्रगत विकासदेखि चिडिया खाना निर्माण गर्ने विभिन्न नीति तथा कार्यक्रमहरु अघि बढाएको छ ।
कटकुवा हेल्थ पोष्टलाई बालकालिका र महिला विशेषज्ञ अस्पताल बनाउने, क्षेत्रीय अस्पतालमा वृद्धमैत्री वार्ड निर्माण गर्ने, बालमैत्री नगरपालिका बनाउने, बालश्रममुक्त नगरको रुपमा विकास गरिने, छोरी जन्म बचत, सुरक्षित आमा, आमा बासंग चौतरी, दलित तथा विपन्न महिलाका लागि आयआर्जन जस्ता कार्यक्रमहरु निर्माण गरेर अघि नीति तथा कार्यक्रममा समावेश छ ।
यस्तै, नगर सभाले नगरभित्रका सडकलाई मर्मत विशेष कार्यक्रम, उज्यालो नगर निर्माण, विद्यालय पूर्वाधार कार्यक्रम, नगर हरियाली, जेष्ठ नगरिक सेवा कार्यक्रमहरु आगामी वर्षमा सञ्चालन गर्ने उप्रप्रमुख ढकालले बताईन् ।
यसैविच नगर सभाले मुख्य योजनामा वीरेन्द्रनगरको भौतिक विकास गुरुयोजना, देउती बज्यै पार्क व्यवस्थापन, शहिद पार्क निर्माण, खानेपानी लाइन विस्तार, सिसि क्यामराको विस्तार कार्यक्रम समावेश छन् । यस्तै, उपत्यका भित्रका खोलाहरुको तटवन्धन, फुटपाथ व्यवस्थापन, हिंसा पीडित महिलाका लागि लैंगिक विकास कोष निर्माण, वीरेन्द्रनचौक सजावट, नगर शिक्षा प्रवद्र्धन, वाईफाई फ्रि जोन, आइटीमैत्री वडा कार्यालय, संस्कृती संरक्षण र आदीवासी जनजातीको भाष पढाई विद्यालय सञ्चालनमा सहकार्य गर्ने नगर सभाले पारित गरेका कार्यक्रममा उल्लेख छ ।
ढकालले नगरभित्र होमस्टे कार्यक्रम प्रवद्र्धन कार्यक्रम सञ्चालन, एक टोल एक आहार व्यहार सचेतक कार्यक्रमहरु नगर सभाले अगाडी बढाएको जानकारी दिइन् ।
वीरेन्द्रनगर नगरपालिकाको प्रथम नगर सभाको उदघाटन पूर्व सांसद् दुर्गाकेशर खनालले गरेका थिए । कार्यक्रममा सहभागी वक्ताहरुले प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा रहेको वीरेन्द्रनगरलाई विकास गर्नमा एक ढिक्का भएर लाग्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति कमलराज रेग्मी, नेकपा एमालेका उपाध्यक्ष अमृत विसी, नेकपा माओवादी केन्द्रका संयोजक कृष्ण जिसी, राप्रपाका अध्यक्ष मानबहादुर खड्का, झुप्रा वृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटा, जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी अमृत लम्साल लगायतले भनाई राखेका थिए । नगर सभा वीरेन्द्र नगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।
वीरेन्द्रनगरका प्रमुख योजना तथा कार्यक्रम र बजेट यस्ता छन् :-
यस्ता छन् वीरेन्द्रनगर नगर सभाले पारित गरेका योजनाहरु