सुर्खेत । मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डिआईजी विजयलाल कायस्थ एआईजीमा बढुवा भएका छन् । गत फागुन १८ गतेदेखि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतको नेतृत्व सम्हाल्दै आएका कायस्थसहित ११ जना डिअार्इजीलाई गृहमन्त्रालयले शनिबार एआईजीमा बडुवा गरेको हो ।
सालिन र कुशल नेतृत्व क्षमता भएका कायस्थले प्रदेश ६ र ५ को स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेका थिए । साथै दाङमा व्यापारिको अपहरणपछि हत्यामा संलग्नहरुको चाडै पक्राउ गर्नमा उहाँले राम्रो भूमिका निर्वाह गर्नु भएको क्षेत्रीय प्रहरी कार्यालय एक उच्च प्रहरी अधिकृतले बताए । ‘प्रहरी संगठनलाई चुस्त र चलायमान बनाउनमा सधै अग्रसर हुनुहुन्थ्यो उहाँको बढुवाले खुसी तुल्याएको छ’ ति अधिकारीले भने ।
गृह मन्त्रालयले डिआईजीहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देबेन्द्र सुबेदी, पशुपति उपाध्याय, केशरी राज घिमिरे, माधवप्रसाद जोशी, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टलाई एआईजीमा बढुवा गरेको हो ।