☰ open Loading... 17 November 2024|  

बराहताल गाउँपालिकाको बजेट ३२ करोड : सडक विस्तारलाई प्राथमिकता
  | ३१ असार २०७४, शनिबार १८:०५

सुर्खेत । आर्थिक वर्ष०७४/०७५ कालागी सुर्खेतको बराहताल गाउँपालिकाले ३३ करोड ६२ लाख ३ हजार रुपैया बजेट बिनियोजन गरेको छ । बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभा शर्माले प्रस्तुत गरेको बजेटमा बराहताल समृद्ध विकासका लागि सडकलाई प्राथमिकतामा राख्दै बजेट बिनियोजन गरेकाे जानकारी दिएकी हुन् ।


भौगोलिक विकटता र विकासका संरचनामा पछाडि परेको स्थानिय तहका रुपमा हेरीएको सुर्खेतको बराहताल गाउँपालिकाले गाउँपालिकाका सबै वडाहरुमा सडक संजाललाई जोड्ने विषयलाई प्राथमिकतामा राख्दै पुर्वाधार विकास, सामाजिक क्षेत्र, आर्थिक क्षेत्र, वातावरण तथा व्यवस्थापन क्षेत्र, शिक्षा स्वास्थ्य लगायतका शिर्षकमा आधारीत रहेका प्राथमिकता निर्धारण गर्दै बजेट बिनियोजन छ । कृषि क्षेत्रको रुपमा विभिन्न बालीको पकेट क्षेत्र निर्माण गरेर आत्मनिर्भर बनाउने, बाढी प्रभावितलाई व्यवस्थित गर्ने, विकासका पूर्वाधारहरुको पहूच विस्तार गर्ने निति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँपालिका उपाध्यक्ष शर्माले आर्थिक वर्ष ०७४/०७५ का लागि पुर्वाधार विकासकामा ४ करोड ३ लाख ८ हजार ६ सय रुपैयाँ, सामाजिक क्षेत्रमा ३ करोड ३५ लाख ९० हजार ५ सय रुपैयाँ, आर्थिक क्षेत्रमा २ करोड १ लाख ५४ हजार ३ सय रुपैयाँ र वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड ३४ लाख ३६ हजार बजेट सार्वजनिक गरिएको छ ।

संस्थागत विकास र सेवाप्रबाह क्षेत्रको लागी १ करोड ३४ लाख ३६ हजार २ सय रुपैयाँ, वित्तिय व्यवस्थापन र सुशासनकामा १ करोड ३४ लाख ३६ हजार २ सय रुपैयाँ, शिक्षा, स्वास्थ्य अनुदानमा ८ करोड ३८ लाख ४१ हजार रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

सुर्खेत क्षेत्र नम्बर ३ का सांसद् तप्तबहादुर बिष्टले उद्घाटन गरेको सभामा नेकपा एमाले बराहताल गाउँपालिकाका सह–संयोजक घनश्याम पाण्डे, नेकपा माओवादी केन्द्र बराहतालका अध्यक्ष बलबहादुर कठायत लगायतले गाउँपालिकाको विकासमा एक भएर लाग्ने प्रतिवघता जनाएका छन् ।

बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले बराहतालको समृद्धिका लागि सबैको साथ सहयोग आवश्यकता पर्ने भन्दै सबैलाई साथ दिन आग्रह गरेका थिए ।